डुम्रेको टिम नै आधिकारिक भएको नेकपाको घोषणा : सबै क्रान्तिकारी पत्रकारलाई गोलबन्द हुन आव्हान

डुम्रेको टिम नै आधिकारिक भएको नेकपाको घोषणा : सबै क्रान्तिकारी पत्रकारलाई गोलबन्द हुन आव्हान


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ भाद्र २०७५
  • 27.2K
    Shares

क्रान्तिकारी पत्रकार संगठनको विषयमा नेकपाको आधिकारीक धारणा

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रकाश दुम्रेको अध्यक्षतामा गठन भएको क्रान्तिकारी पत्रकार संगठनलाई आधिकारिक भएको जानकारी दिएको छ  l पार्टीको तर्फबाट केन्द्रीय कार्यालय सचिब ध्रुवले एक शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् l

सोही विज्ञप्तिमार्फत नेकपाले देशभरिका क्रान्तिकारी पत्रकारहरुलाई दुम्रेको नेतृत्वमा गठन भएको क्रान्तिकारी पत्रकार संगठनमा पनि आग्रह गरिएको छ ।  उक्त विज्ञप्तिमा अघि भनिएको छ, “क्रान्तिकारी पत्रकारिताको महत्वपुर्ण जिम्मेवारी पुरा गर्दै आएका कमल बुढा लगायतका उक्त संगठनका केही व्यक्तिहरुले संगठन र मातृ संस्थाका निर्णयहरुलाई लत्याउँदै अनावश्यक र भ्रामक प्रचार गरिरहेको बताएका छन् । ”

नेपाल कम्युनिस्ट पार्टीले सो पार्टी निकट क्रान्तिकारी पत्रकार संगठनको विषयलाई लिएर केही संचारमाध्ययममा भ्रमपूर्ण समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको बताउंदै त्यस  विज्ञप्तिमा क्रान्तिकारी पत्रकार संगठनका बारेमा बाहिर चलाईएका भ्रामक प्रचारबाट मुक्त हुन र प्रकाश डुम्रेको नेतृत्वमा बनेको टीम नै आधिकारीक भएकोले अन्य सदस्यहरुलाई पनि उनकै नेतृत्वमा गोलबन्द हुन् देशभरी रहेका क्रान्तिकारी पत्रकारहरुलाई आग्रह गरिएको छ ।केही दिन पहिले केही अनलाइनहरुले विप्लव नेतृत्वको नेकपा निकट पत्रकारहरुको संगठन फुटेको भन्ने समाचार प्रकाशित गरेका थिए ।

 

प्रतिक्रिया