एमालेबाट निर्वाचित वडाध्यक्ष होटलमा युवतीसँग नाङ्गै पक्राउ परे

एमालेबाट निर्वाचित वडाध्यक्ष होटलमा युवतीसँग नाङ्गै पक्राउ परे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ भाद्र २०७५
  • 12.6K
    Shares

कञ्चपुर सदरमुकाम महेन्द्रनगरस्थित हिमाल मःम सेन्टरबाट भीमदत्त नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष सुरेन्द्रबहादुर विष्ट एक महिलासँग रंगेहात पक्राउ परेका छन् । महिलासँग रंगेहात पक्राउ परेका विष्ट गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट १६ नम्बर वडाको अध्यक्षमा निर्वाचित भएका थिए ।

वडाध्यक्ष पररस्त्रीसँग अवैध सम्बन्ध राखिरहेको खबर पाएपछि प्रहरी टोली तत्काल छापा मार्न त्यहाँ पुगेको थियो । छापा मार्दा उनी व्यूटीपार्लर सञ्चालन गर्दै आएकी महिलासँग नाङ्गै भेटिएका थिए ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले बाहिर आएजस्तो केही नभएको र हल्ला गरिएको दाबी सञ्चारकर्मीसँगको कुराकानीमा गरेका छन् । कञ्चनपुर प्रहरीले औपचारिक प्रतिक्रियामा भने मापसे गरिरहेकाले उनलाई समातेको भनेको छ ।

होटेलबाट वडाध्यक्ष पक्राउ परेपछि भीमदत्तनगरमा सनसनी मच्चिएको छ । यसरी जनताबाट निर्वाचित वडाध्यक्ष मदिरा सेवनसँगै यौनधन्दामा लिप्त भएपछि वडाबासी चिन्तित भएका छन् । स्रोत अनलाईन पाना डट कम 

प्रतिक्रिया