अनुगमनको विरोधमा कालिमाटीका व्यापारी अन्दोलनमा, दुई ट्रक नियन्त्रणमा

अनुगमनको विरोधमा कालिमाटीका व्यापारी अन्दोलनमा, दुई ट्रक नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ भाद्र २०७५
  • 10.8K
    Shares

काठमाडौँ ।कालीमाटी तरकारी बजार व्यसायीले सरकारले अनुगमन गरेको विरोधमा नारावाजी गरेका छन् । बाणिज्य, आपूर्ति मन्त्रालयको टोलीले आज विहान तरकारी बजारमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले दुई वटा तरकारीका ट्रक नियन्त्रणमा लिएको भन्दै व्यवसायीहरुले नाराबाजी सुरु गरेका हुन् ।

व्यवसायीको नारावाजीका कारण कालिमाटि बजार क्षेत्र तनावग्रस्त बनेको छ । काठमाडौँ बाहिरबाट फर्सी र काक्रो लगायतका तरकारीजन्य बस्तु ल्याएका ट्रकसँग बिलविजकलगायतका कागजात नभेटिएपछि

विभागको अनुगमन टोलीले  ती ट्रक नियन्त्रणमा लिएको वाणिज्य तथा आपूर्ति मन्त्रीको सचिवालयले जनाएको छ ।

टोलीले यसअघि धादिङ, चितवन, मकवानपुर लगायतका जिल्लामा पुगेर किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मुल्यबारे अनुसन्धान गरेको थियो ।

त्यसक्रममा किसानले पाउने मूल्यभन्दा उपभोक्ता मूल्य धेरै फरक रहेको पाइएको बाणिज्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया