सर्वसाधारण जनता कुट्ने प्रहरीका एक हवल्दार कारबाहीका क्रममा निलम्वनमा परेका छन् l प्रहरीको कारवाहीमा पर्ने प्रहरी हवल्दार जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत सुरेन्द्रराम परियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक निरक चौलागाईँका अनुसार नयाँ मुलुकी ऐनविपरित नागरिकलाई कुटपिट गरेको अभियोगमा परियार निलम्बनमा परेका हुन् । भदौ १ गते खाँडाचक्र नगरपालिका–१ निवासी गोविन्द दमाईलाई सामान्य विवादमा कुटपिट गरेको प्रहरी कार्यालयमा उजुरी परेपछि जिल्ला प्रहरी प्रमूख डिएसपी विनोद शर्माले परियारलाई निलम्वन गरेका हुन् ।