नेपाल कम्युनिस्ट पार्टीका दुईजना पोलिटब्युरो ब्युरो सदस्यलाई प्रहरीले बेपत्ता बनाएको छ । नेकपाका पोलिट ब्यूरो सदस्य कृष्ण धमला ‘गम्भिर’ र मोहन कार्की ‘जिवन्त’लाई प्रहरीले तीन दिनदेखि बेपत्ता बनाएको हो ।
काठमाडौं उपत्यका आउदै गरेको बेला थानकोटबाट प्रहरीले श्रावन १० गते नै पक्राउ गरेको भएपनि हालसम्म सार्वजनिक गरेको छैन । उनीहरुलाई अहिले काठमाडौंको बालाजु प्रहरी चौकीमा राखिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
यस अघि पक्राउ गरिएका दुई पोलीटब्यूरो सदस्य पदम राई र ओमप्रकाश पुन अहिले पनि प्रहरी हिरासतमा छन् ।