चीनमा भारतीय दूतावास अगाडि विष्फोट, २६ वर्षीय चिनियाँ नागरिक पक्राउ

चीनमा भारतीय दूतावास अगाडि विष्फोट, २६ वर्षीय चिनियाँ नागरिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० साउन २०७५
  • 8.7K
    Shares

चीनको बेइजिङमा रहेको भारतीय राजदूतावास नजिक विष्फोट भएको छ । विष्फोटमा कुनै क्षति भएको रिपोर्ट भने सार्वजनिक भएको छैन ।

प्रहरीले विष्फोट मा संलग्न रहेको आरोपमा एकजना २६ वर्षीय चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ । विष्फोटको क्षमता भने निकै कम रहेको जनाइएको छ । कतिपयले यो विष्फोट अमेरिकी दूतावास नजिक भएको बताइरहेका छन् । भारतीय र अमेरिकी दूतावास नजिकै रहेकोले यो विष्फोट कसलाई लक्षित गरिएको थियो भन्ने कुरा भने खुलेको छैन ।

एकजना व्यक्तिले घरेलु बमलाई दूतावासको गेटतर्फ फ्याँकेको थियो । आजतकका अनुसार, भारतीय दूतावासका कर्मचारी भने सुरक्षित रहेका छन् । विदेशी कुटनीतिज्ञहरुलाई लक्षित गरेर गरिएको यो पहिलो हमला हो ।

प्रतिक्रिया