र्याली सहित बालुवाटार जाने तयारी गरेका दुई दर्जन चिकित्सक पक्राउ

र्याली सहित बालुवाटार जाने तयारी गरेका दुई दर्जन चिकित्सक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० साउन २०७५
  • 6.5K
    Shares

महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट बालुवाटार जान खोजेका डा. गोविन्द केसी समर्थकलाई प्रहरीले अस्पतालको मुल गेटमै रोकेपछि प्रहरी र केसी समर्थकबीच धकेलाधकेल भएको छ ।

त्यसपछि प्रहरीले करिब दुई दर्जन डाक्टहरुलाई गेटबाटै पक्राउ गरेर लगेको छ । डा. केसीका माग पूरा गराउन दबाब स्वरुप केसी समर्थक डाक्टरहरु बिहीबार बिहान टिचिङ अस्पतालमा भेला भएर र्यालीसहित बालुवाटार जाने तयारी गरेका थिए ।

तर, प्रहरीले र्यालीलाई मुल सडकबाट जान नदिएपछि केहीबेर भनाभन भएको थियो । प्रहरीसँगको भनाभन पछि केहीबेर केसी समर्थक सडकमै बसेर अवरोध गरेका थिए ।

अहिले केसीपक्षको प्रदर्शनका कारण नारायाण गोपाल–टिचिङ सडकखण्ड अवरुद्ध छ । सडक अवरोध भएपछि उनीहरुलाई प्रहरीले अस्पताल परिसरतर्फ जान आग्रह गरेको थियो ।

प्रहरीको आग्रह नमानेपछि प्रदर्शनकारीलाई प्रहरीले धकेल्दै अस्पतालतर्फ लगेको थियो । डाक्टरहरुले प्रदर्शन जारी राखेपछि उनीहरुलाई पक्राउ गरिएको थियो । सो क्षेत्रमा प्रशासनले उल्लेख्य सङ्ख्यामा प्रहरी तैनाथ राखेको छ ।

प्रतिक्रिया