• जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ माघ २०७२
  • 13.1K
    Shares

गायिका तथा सन्चारकर्मी कोमल वलीले तुलसीपुर नगरपालिका–६ गोलौरामा पानी उद्योग खोलेकी छन् । ‘ओम ड्रिंकिङ वाटर एन्ड ओभरेज’ उद्योगको स्थापना गरी ‘कोमल जल’ नाम दिएर उनले पानीको उद्योगको स्थापना गरेकी हुन् ।

४० लाख रुपैयाँको लगानीमा खोलिएको सो उद्योगमा हाल चारजनाले रोजगारी पाएका छन् । उद्योगकोप्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले उद्घाटन गरे । वलीले आफू स्थानीय बासिन्दा भएकाले आफ्नो ठाउँको सेवा गर्नका लागि पानी उद्योग खोलेको बताइन् ।

आफ्नो उद्योगबाट बिक्री भएकामध्ये प्रतिबोतल १० पैसा सामाजिक हितमा खर्चगर्ने उनको भनाइ छ । कार्यक्रममा हास्यकलाकार जीतु नेपाल, कमल गाउँले, गायिका ऋतु कँडेललगायतका कलाकारले आ–आफना प्रस्तुति राखेका थिए । रासस

प्रतिक्रिया