नाकाबन्दी हुँँदा पेट्रोल देखि औषधिको हाहाकार कति छिटो बिर्सेका नेपाली जनताले ( भाईरल भिडियो )

नाकाबन्दी हुँँदा पेट्रोल देखि औषधिको हाहाकार कति छिटो बिर्सेका नेपाली जनताले ( भाईरल भिडियो )


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ बैशाख २०७५
  • 23.4K
    Shares

भारतीय प्रधानमन्त्रीको यहि बैशाख २८ गतेको नेपाल भ्रमण र त्यसमा देखिएको गतिबिधिको आक्रोशमा एक नेपाली नागरिकले दुख व्यत्त गर्दै बिगतका पीडाहरु सहित  सामाजिक संजालमा उनको भिडियो भाईरल बनिरहेको छ ।

जनकपुरमा देखिएको उत्सव र सरकारले लिएको नीतिको खुलेर उनले बिरोध गरेका छन् ।  उनले भनेका छन् “जनकपुरमा मेयर देखि मंत्रिहरुसम्म कुचो लिएर सडकमा निस्केका छन् ।  हिजो लालबाबु पण्डितले सरसफाई गर भन्दा कोट र टाईले छेक्यो, कोठेहरुले कहिल्यै अगुवाई गर्ने हिम्मतसम्म गरेनन तर आज मोदी माहाराज आउदा कुचो लिएर सडकमा निस्के ! मालिक सवारी हुदा त कोट टाईले नछेक्दो रहेछ ?” यस्तै उनले दुख व्यत्त गर्दै पर्यटकीय क्षेत्रको अस्तव्यस्त र फोहोर बातावरण आज सम्म नदेख्नेले महाराजको सवारी हुदा देख्नेहरु बोक्रे राष्ट्रवादीहरु रहेको भनेका छन् ।

उनी अगाडी थप्दै ४१ कमाण्डो फोर्स  सुरक्षाकर्मिको टिम  दिल्ली देखि ल्याइएकोमा गृहमन्त्री लज्जित हुनुपर्ने भन्दै यो देशकै बेईजत्त भएको बताएका छन् ।  चुनाव जितेर, चुटकिला सुनाएर, राष्ट्रवादका गहकिला भाषण गरि बालुवाटार पुग्ने बित्तिकै दिल्लीको भजन र दौड हुदा लाज मान्नुपर्ने भन्दै बरु देश नै सुम्पिएको भए पुरै राष्ट्र सरसफाई हुने बताए ।  यस्तै उनले राजा ज्ञानेद्रको अभिनन्दनमा समेत यस्तो उर्दी नसुनेको भन्दै नाकाबन्दी  हुँँदा पेट्रोल, औषधिको हाहाकार नेपालि जनताले कति छिटो भुलेको भन्दै चिन्तित रुपमा प्रस्तुत भएका थिए ।

भिडियो 

 

प्रतिक्रिया