एसएसपी दिवेश लोहनीले गरे पत्रकारमाथि लात्ती प्रहार (हेर्नुस भिडियो)

एसएसपी दिवेश लोहनीले गरे पत्रकारमाथि लात्ती प्रहार (हेर्नुस भिडियो)


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ बैशाख २०७५
  • 21.9K
    Shares

साढे ३३ किलो सुन तस्करीका एक जना नाइके निलम्बित एसएसपी दिवेश लोहनीले अदालत परिसरमै पत्रकारलार्इ लाती हानेका छन । बुधबारमात्रै साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीले पत्रकारलार्इ लाती हानेका हुन ।

मोरङ जिल्ला अदालत परिसरबाट निस्किने क्रममा लोहनीले पत्रकारलार्इ लाती हानेका हुन ।  लोहनीले विरानटरका पत्रकारद्धय ध्रुव भट्टराई र सुम सुस्केरालार्इ लाती हानेका हुन । उनको लात्ती पत्रकारको क्यामरामा लागेको थियो । भट्टरार्इ अनलाइनखबर डटकममा कार्यरत रहेका छन ।

प्रतिक्रिया