बैंक खाता रोक्ने सरकारी चेतावनी पछि पोखराका यातायात ब्यबसायी संस्थाले तीन करोड रुपियाँ झिके

बैंक खाता रोक्ने सरकारी चेतावनी पछि पोखराका यातायात ब्यबसायी संस्थाले तीन करोड रुपियाँ झिके


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ बैशाख २०७५
  • 31.9K
    Shares

सिन्डिकेट अन्त्य गर्न नमाने यातायातसंग सम्बन्धित संस्थाको बैंक खाता रोक्का गरेर संस्था दर्ता खारेज गर्ने चेतावनी दिएपछि यातायातसंग सम्बन्धित संस्थाहरुले भटाभट बैंक खाताबाट रकम झिक्न थालेका छन l बुधबारसम्म पोखराबाट मात्र यातायात व्यवसायीहरूले तीनवटा बैंक प्रयोग गरी करिब तीन करोड निकालिसकेका छन्।

समितिहरूले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह मन्त्रालयमा प्राप्त हुन थालेका छन्।  सरकारी कार्यालयमा दर्ता भएका कुनै पनि संस्था–समितिले विनाकारण एकैपटक त्यति ठूलो परिमाणमा पैसा निकाल्न पाउँदैनन्। तर, यातायात व्यवसायी समितिले मुद्दती खाताबाट करोडौँ पैसा निकाल्न थालेका हुन्।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सिडिओले नै यातायात व्यवसायी समितिलाई नियमन गर्ने व्यवस्था भएकाले उनीहरूको खाता रोक्का गर्न मन्त्रालयबाट कुनै निर्णय गर्नुपर्ने स्थिति नरहेको बताए। प्रवक्ता सुवेदीले भने, ‘समिति दर्ता गर्ने र खारेज गर्ने अधिकार प्रजिअको कार्यालयलाई छ। यदि समितिले अस्वाभाविक रूपमा पैसा निकालेको हो भने त्यसलाई रोक्ने अधिकार पनि सीडीओसँगै छ। मन्त्रालयले कुनै निर्णय गरिरहनुपर्दैन l

प्रतिक्रिया