सेनाको परीक्षामा ५ नक्कली परीक्षार्थी पक्राउ

सेनाको परीक्षामा ५ नक्कली परीक्षार्थी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ चैत्र २०७४
  • 7K
    Shares

सुर्खेत–नेपाली सेनाको सैन्य पदको परीक्षामा ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । लोकसेवा आयोगको कार्यालय सुर्खेतले शनिवार लिएको परीक्षामा अर्काको नाममा परीक्षा दिने परीक्षार्थी पक्राउ परेका हुन् ।

बर्दिया मधुवन न.पा.९ बस्ने कुम्भराज डाँगीले तिर्थ बहादुर रानाको नाममा, जाजरकोट छेडागाउ न.पा. ६ बस्ने बिरेन्द्र शर्माले दैलेख भगवतीमाई गा.पा. ३ का प्रेम बहादुर खडकाको नाममा, सुर्खेत बि.न.पा. १० खजुरा बस्ने दिनेश रावतले सल्यानका भिम बस्नेतको नाममा र दैलेख भगवतीमाई गा.पा. ७ का अमृता बुढाले सुर्खेतकी कमला थापाको नाममा परीक्षा दिएको भेटिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका परीक्षार्थीबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया