प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बिस्तार गरेसंगे बाम गठबन्धन भित्र असन्तुस्टी बढेको त छ नै, बाम गठबन्धन भित्रका दलहरुमा पनि तिब्र असन्तुस्टी देखिएको छ l बाम गठबन्धन बनाएर चुनाब लडेका र पार्टी एकिकरणको अन्तिम तयारी गरिएकै अबस्थामा सरकार विस्तारले बाम घटकहरुभित्र आन्तरिक् खिचलो पनि चुलिन थालेको छ l
बढीमा १७ मन्त्रालय बनाउने मन्त्री परिषद निर्णयको मसी सुक्न नपाउंदै मन्त्रालयहरु फुटाएर २१ वटा मन्त्रालयहरु बनाइएकोमा नेपालि जनमानसमा तिब्र आक्रोश देखिएको छ l मन्त्रालय फुटाएर २१ पुर्याउंदा पनि भागबण्डा गर्दा मन्त्री पद नपाएपछि नेताहरू असन्तुस्ट छन् l
कुनै बेला पानी बाराबार गरिएका र मधेशबाट एमाले बढार्ने अभियान चलाएका मधेशी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिश्वासको मत दिए l भारतको सदभाब पाएका उनीहरु सरकारमा सहभागी हुने आशा गरेका एमाली तथा माओबादी केन्द्रका नेताहरुका आशालाई तुषारापात गर्दै मधेशी दलहरु सरकारमा सहभागी भएनन् l पुर्पक्षका लागी थुनामा रहेका नेता रेशम चौधरीको माग पुरा नभएसम्म सरकारमा नजाने बाचा गरेको राष्ट्रिय जनता दलको मागलाई सम्बोधन गर्ने प्रतिबध्दता जनाएर गृहमन्त्री रामबहादुर थापाले रेशम चौधरीको अनसन तोडाए l तैपनि रास्ट्रीय जनता दल सरकारमा सहभागी हुन आनाकानी गरिरहेको छ l अर्को मधेशी दल संघिय फोरम सरकारमा अन्तिम तयारी गरेपनि मन्त्रीमंडल बिस्तारमा सहभागी भएन l मधेशी दलहरु सरकारमा सहभागी भए मित्र रास्ट्र भारतको सहयोग र सदभाब पाउने आशा गरेको ओली सरकार मधेशी दलहरुले सरकारमा आउन आनाकानी गरेपछी बिलखबन्दमा पर्न लागेको छ l ओली सरकार जुनसुकै शर्तमा मधेशी दलहरुलाई सरकारमा ल्याउने मुडमा पुगेको छ l
यता बाम गठबन्धनको ठुलो दल नेकपा एमालेमा मन्त्रीमंडल बिस्तारपछि खैलाबैला मच्चिएको छ l सामाजिक संजालहरुमा कुनै जिल्लाले दुई-दुई मन्त्री पाउने तर अरु जिल्लाका नेताको योग्यता र क्षमताको कदर नभएको भन्दै असन्तुस्टी पोखिएका छन् l कास्की जिल्लाबाट रबिन्द्र अधिकारी र जगत बिश्वकर्मा एमालेबाट मन्त्री बनेका छन् भने गुल्मीबाट प्रदीप ज्ञवाली र गोकर्ण बिस्ट मन्त्री बनेका छन् l उनीहरु दुवै जना एमालेका नेता हुन् l तर मन्त्री बनाउने बचन पाएर पनि अन्तिम समयमा एमाले सचिब योगेस भट्टराईलाई मन्त्री नबनाइएकोमा नेताहरुले रोष प्रकट गरिरहेका छन् l प्रखर र जुझारु नेताको रुपमा चिनिने नेता भट्टराइलाई मन्त्री नबनाइएकोमा योग्यता र क्षमताको कदर नभएको भन्दै बिरोधको आवाज चर्काइएको छ l
यता सत्तारुढ बामदल माओबादी केन्द्रमा पनि मन्त्री मण्डल विस्तारले चर्को बिबादको रुप लिएको छ l १० बर्षे जनयुद्धमा योगदान पुर्याएका नेता तथा कार्यकर्तालाई बेवास्ता गर्दै आफ्नी बुहारी भएको नाताले बिना मगरलाई खानेपानी मन्त्री बनाइएकोमा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको चर्को बिरोध गरिएको छ l उर्जा मन्त्री हुँदा लाेडसेडिङ घटाएर चर्चामा आएका माओवादी केन्द्रका नेता जनार्दन शर्मालाइ फेरि उर्जा मन्त्री बनाउने आश्वासन दिएर प्रचण्डले फसाएको गुनासो माओवादी भित्र शुरु भएको छ । अध्यक्ष प्रचण्डले बर्षमान पुनलाइ अचानक उर्जा मन्त्री बनाए पछि माओवादी किल्ला रुकुमलाइ वेवास्ता गरेको भन्दै असन्तुष्टि बढेको छ ।
प्रचण्डले धोका दिएको गुनासो सार्वजनिक रुपमा व्यक्त नगरेका शर्माले उर्जा बाहेक अरु नखाने भनेको बताइएको छ ।
प्रचण्डले पटक पटक उहि मान्छे र आफ्ना मान्छेलाई मात्र लाभको पदमा पुर्याएको , साम्सद नेताकी श्रीमतीहरु बनाएको भन्दै ब्यापक बिरोध हुदै आएको छ ।