खाद्य संस्थानको डिपो रित्तै, डिपोबाट बिक्री गर्नुपर्ने चामल बाटोमै बिक्री

खाद्य संस्थानको डिपो रित्तै, डिपोबाट बिक्री गर्नुपर्ने चामल बाटोमै बिक्री


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० फाल्गुन २०७४
  • 11K
    Shares

नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्री हुनुपर्ने चामल ठेकेदारले बढी मूल्य पाएपछि बीचबाटोमै बिक्री गर्ने गरेको पाइएको छ । संस्थानको डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पुमा ९ सय २० रुपैयाँमा बिक्री गर्नुपर्ने चामल बाटोमै बिक्री भएको हो ।

बंगालादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले पचाल झरनाको जारकोटबाट ९ सय ८० रुपैयाँमा बिक्री गरेका हुन् । कारोबार दैनिकका अनुसार, चालू आवको कोटास्वरुप गएको ६ सय ९९ क्विन्टल ८० केजीमध्ये सबैजसो बीच बाटोमै बिक्री भइसकेकाले अहिले डिपो रित्तै छ ।

‘ठेकेदारसँगको मिलेमतोमा पचालझरना जारकोटका स्थानीय व्यापारी वसन्त शाहीले जाजरकोट बजारमा चामल बिक्री गर्दै आएका छन्’, कारोबार दैनिकले लेखेको छ, ‘उनलाई विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले बिक्रीको जिम्मा दिएका हुन् ।’

प्रतिक्रिया