नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका एक अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ । ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर माछापुच्छ्रे बैंक, पुतलीसडक शाखाबाट एक करोड ४२ लाख रुपैयाँ कर्जा लिने काठमाडौं –३०, धोविधाराका अशोकहर्ष बज्राचार्यलाई मंगलबार पक्राउ गरेको हो ।
ब्यूरोका प्रहरी नायव उपरीक्षक श्याम ओलियाले बैंकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा उच्च अदालत पाटनबाट सात दिनको म्याद थप भई बैकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको बताए ।