नेपाल प्रहरीले फेरी एकपटक कानुनी राजको खिल्ली उडाएको छ l भारतको गोवामा पक्राउ परेको भनिएका गुन्डा नाईके मनोज पुनलाई दोहोरो भिडन्तको नाममा रुपन्देही प्रहरीले गोली हानि हत्या गरेको छ l उनलाई सिआइबीबाट खटेको प्रहरी निरीक्षक दिपेन्द्र अधिकारीको टोलीले गत हप्ता भारतको गोवाबाट पक्राउ गरेको समाचार सार्वजनिक भएको थियो ।
विशेष समाचार स्रोतका अनुसार, भारतको गोवामा पक्राउ गरेको भनी पनि पुनलाई हालसम्म सार्वजनिक गरिएको थिएन l नेपाल-भारतको सिमानामा ल्याएर इन्काउन्टरको नाममा उनलाई गोली हानी हत्या गर्ने योजना बनाएको नेपाल प्रहरीले गएराती उनी र उनका सहयोगी सोम आलेलाई रुपन्देही जिल्लाको देबदहमा दोहोरो भिडन्तको नाममा गोली हानी हत्या गरेको बताइएको छ l अद्यापि रुपन्देही प्रहरिले दोहोरो भिडन्तमा उनीहरु मारिएको दाबी गरेको छ l
रुपन्देही र आसपासमा अपराधको जालोफैलाउदै आएका उनी र उनका सहयोगी सोम आले समेत मारीएको प्रहरीले पुष्टि गरेको छ । गए राती करीव साढे ३ बजे प्रहरीमाथी अज्ञात समुहले गोली प्रहार गरेपछि जवाफी कारवाहिमा २ जना मरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको हो । जिल्ला प्रहरी प्रमुख श्यमलाल ज्ञवालीका अनुसार मनोज पुन र उनको समुहले देवदहमा अपराधीक घटना गर्दै छ भन्ने सुचनाका आधारमा त्यस क्षेत्रमा सर्च गर्न पुगेको केन्द्रिय अनुसन्धान ब्युरोको बिशेष टोली माथी गोली प्रहार गरे पछि जवाफी कारवाहीमा २ जनालाई गोली लागेको र उपचारका लागि बुटवल लैजादै गर्दा मृत्यु भएको थियो ।
रुपन्देहीको देवदेह क्षेत्रमा गिटीबालुवा र काठको तस्करी गर्दै आएका मनोजपुन गत बर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या पछि चर्चामा आएका थिए । नेपाल बाहिर बसेर अपराधको जालो फैलाउन सफल मजोज पुनले केही महिना अघि एमालेकै अर्का कार्यकर्ता बलु पौडेल (बसन्त ) को हत्या भए पछि उक्त घटनाको समेत जिम्मा लिएका थिए । निर्माण ब्यवसायी संघका अध्यक्ष सरद गौचनको हत्यामा समेत सम्लग्न मनोज पुनले थुप्रै ब्यवसायीहरु संग ज्यानमार्ने धम्की दिदै करोडौ रकम उठाएका थिए ।