अन्तत: नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) नेकपा एमालेमा बिलय भएको छ l सोमबार राती नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) र नेकपा एमालेबीचको पार्टी एकता सहमतिमा आफ्नो निर्देशक सिद्धान्त ‘माओबाद’लाइ त्यागेर एमालेको निर्देशक सिद्धान्त ‘मार्क्सवाद–लेनिनवाद’ स्वीकार गरेकाकारण माओबादी केन्द्र एमालेमा बिधिबत रुपमा नै बिलय भएको हो । सहमतिपत्रमा एमाले तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलले हस्तक्षार गरेका छन् भने माओवादी तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन्।
एमाले र माओबादी केन्द्रबीचको सात बुंदे सहमतिपत्रको बुँदा नम्बर २ मा ” पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।” भनिएको छ l माओबादी केन्द्रले माओबाद त्यागेको कुराको पुस्टि बुँदा नम्बर ४ उल्लेख गरिएको छ l जनताको राज्यसत्ता स्थापना गर्न बल प्रयोग गर्नुपर्छ” भन्ने सिद्धान्तलाई माओबादी केन्द्रले त्यागेको पुस्टि बुँदा ४ मा उल्लेख छ l त्यस बुंदामा अघि भनिएको छ, “नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।”

माओवादी केन्द्रले अब पूर्णरुपमा संसदीय राजनीतिलाई स्वीकार गरिएको कुरा बुँदा नम्बर ६ मा उल्लेख छ l सो बुंदामा “प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रीयता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिनेछ ।” भनिएको छ l
कार्यकर्तालाई अलमलमा पार्न ती दुई पार्टीले निर्देशक सिद्धान्तमा छलफल गर्दै जाने भनेर सहमतिपत्रमा उल्लेख गरेका छन् l जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादबारे छलफल गर्दै जाने सहमति भएको सातबुँदेको बुँदा नम्बर ३ मा उल्लेख गरिएको छ । सो बुंदामा अघि भनिएको छ कि ” ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।”
यसभन्दा अघि नेकपा एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको २१औं शताब्दीको जनवादलाई कार्यकर्ता माझ छलफलमा लगेर एकता महाधिबेशन मार्फत टुंग्याउने भनिएको थियो l तर सहमतिपत्रमा त्यो कुरा उल्लेख छैन l बुँदा नम्बर ५ मा यी दुवै निर्देशक सिद्धान्तलाई कार्यकर्तामाझ लगी छलफल गरेर एकीकृत पार्टी संचालन गरिने भनिएको छ l बुँदा नम्बर ५ मा “उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।” उल्लेख गरिएको छ l
१० बर्षे जनयुद्दलाई देखावटी रुपमा स्वीकार गरिएको र भित्री रुपमा तिरस्कार गरिएको त्यस सहमतिपत्रमा आगामी एकताको महाधिबेशनमा माओबाद बारे छलफल हुने नहुने भन्ने बारे स्पस्ट केही भनिएको छैन l बुँदा नम्बर सातमा आगामी एकता महाधिबेशन समझदारीका साथ सम्पन्न गरिने भनिएको छ l त्यसो त एकताको महाधिबेशनमा माओबाद बारे छलफल भै मतदान हुन सक्ने अबस्था नै रहँदैन l किनकि अहिले पनि पार्टी एकतामा ७०/३० को अनुपातमा पार्टी एकता हुने नेताहरुले बताएका छन् l ७० प्रतिशत एमाले रहने एकता महाधिबेशनमा ३० प्रतिशत प्रतिनिधि रहने माओबादी केन्द्रका तर्फबाट प्रस्तुत हुने माओबाद पारित हुने कुनै सम्भावना नै छैन l त्यसमा पनि माओबाद बारे छलफल गर्न माओबादी केन्द्रका नेताहरुले एमालेका नेताहरुसंग समझदारी गर्नुपर्ने बाध्यता सहमति पत्रमा उल्लेख गरिएको छ l बुँदा नम्बर ७ मा अघि भनिएको छ, “आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।”
एमाले र माओबादि केन्द्र बिचको पार्टी एकताले मुलूक भिषण भिडन्तको परिस्थितिमा जाने देखिएको छ l एकातिर नेपालमा गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत सर्वहारावर्गको राज्यसत्ता प्राप्तिका लागी एकीकृत जनाक्रान्ती गरिरहेको नेत्र बिक्रम चन्द ‘विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली समाजमा भिजिसकेको छ l यस्तो अबस्थामा दलाल राज्यसत्ताको गोटी बनेका एमाले र माओवादी केन्द्रले पनि आफ्नो एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नै राख्ने सहमति गरेका छन् l नेपाल कम्युनिस्ट पार्टीका नाममा हुने राम्रा नराम्रा काम कारबाहीले नेपाली जनतामा अलमलता छुने छ l यस्तो अबस्थामा नेपाली जनता दिभ्रमित हुनेछन l
वाम गथाबंधान बनाएर शान्ति र सम्वृद्धिको नाममा नेपाली जनतासंग भोट मागेका एमाले र माओबादी केन्द्रको एकीकृत पार्टीले पनि शान्ति र सम्वृद्धि त नदिने सुनिस्चित त भयो नै, स्थायी सरकार नबन्ने कुरामा अब कोही अलमल नपरे हुन्छ l छिट्टैनै एकता महाधिबेशन गर्ने घोषणा गरेका एमाले र माओबादीका नेताहरुले अहिले नै आधा-आधा समय सत्ता र पार्टी संचालन गर्ने सहमतिमा पुगेका छन् l कहीं नभएको जात्रा हाँडी गाउँमा भने जस्तो एउटी पार्टीमा दुई अध्यक्ष हुने भनेका छन् l त्यसमा पनि दुवै पार्टीमा रहेका भनिएका बरिष्ट नेताहरुको ब्यबस्थापन भनेको पेचिलो र जटिल हुनेछ l यस्तो अबस्थामा एकीकृत पार्टीभित्र अन्तरसंघर्ष झन् चर्किने छ l यस्तो अबस्थामा बलियो बन्न बनेको एकीकृत पार्टी कमजोर बन्नेछ र माओबाद मान्ने नेता तथा कार्यकर्ताहरु छि:छि: र दुरदुरको पात्र बन्नेछन l पार्टीभित्रको अन्तरसंघर्ष, नेताभित्रको खिचातानीले देश बिकासको पथमा भन्दा पनि उन्धोगतिमा लाग्नेछ l
पार्टीभित्रको अन्तरसंघर्ष, नेताहरुबीचको खिचातानी, माओबाद प्रतिको मोह र मौकापरस्तहरुको चलखेलले नेपाली राजनीतिक इतिहास केही समय अस्थिर जस्तो देखिए पनि केही समयको अन्तरालमा नेपाली जनताले यथार्थ कुरो बुझेपछि क्रान्तिकारी र गैर क्रान्तिकारी बिचको ध्रुबीकरणले तिब्रता पाउनेछ l जसकाकारण नेपालमा द्वन्द्व चर्किएर वार कि पारको अबस्थामा पुग्नेछ l