सरकार ब्यापक दमनको मुडमा, सिन्धुलीमा ब्यापक अपरेशनको तयारी

सरकार ब्यापक दमनको मुडमा, सिन्धुलीमा ब्यापक अपरेशनको तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ फाल्गुन २०७४
  • 49.6K
    Shares

अम्बिका चन्द / काठमाडौं : नेपालमा वाम गठबन्धनका नाममा बिदेशी दलालहरु सत्तासिन भए लगत्तै गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत सर्वहारावर्गको पक्षमा शुरु गरिएको क्रान्तिलाई दमन गर्न शुरु गरिएको छ l इटहरीमा हुन लागेको युवा जनस्वयम् सेवकको तेस्रो रास्ट्रिय सम्मेलन बिथोल्ने गरी ब्यापक धरपकड गरियो र पार्टी स्थायी समिति सदस्य सुदर्शन र पोलिटब्युरो सदस्य पदम राइ समेत झन्डै साढे दुई सय नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको छ l यसैबीच सिन्धुलीमा पनि नेकपालाई दमन गर्न ठुलो अपरेशनको तयारी गरिएको समाचार प्राप्त भएको छ l

सिन्धुलीमा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता लक्षित गरेर  विशेष अप्रेसनको तयारी गरेको समाचार प्राप्त भएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा रहेका नेकपाका नेता तथा कार्यकर्ताको घरमा ब्यापक खानतलासी गर्न भन्दै प्रहरीको एक विशेष टोली त्यसतर्फ परिचालीत भएको स्रोतले जनाएको छ ।

उता नेकपाले सिन्धुली, धनुषा र सर्लाहीका विभिन्न स्थानहरुमा आफ्ना नेता, कार्यकर्ताहरुलाई पक्राउ र धरपकट गरेको भन्दै आपत्ती जनाएको छ । सर्लाहीबाट दुई जना र धनुषाबाट दुई जना आफ्ना कार्यकर्ता बिनाकारण पक्राउ गरेको भन्दै शान्तिपूर्ण कार्यक्रमहरुमा पनि प्रहरी हस्तक्षेप हुनु दुख:द भएको नेकपाको जनकपुर ब्युरो कार्यालयको भनाई छ ।

नेकपाका शान्तिपूर्ण कार्यक्रमहरुमाथि प्रहरी दमन हुनु, आफ्ना नेताकार्यकर्ता बिनाकारण पक्राउ गर्नु र घर खानतलासी गर्नु सरकारको गैरजिम्मेवार एवं पराजित मानसिकताको उपज भएको नेकपाका जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलले बताएका छन् ।

प्रतिक्रिया