संघीयताले मुलुक सोमालिया हुने खतरा छ, कहाँबाट पाल्ने यत्रा मन्त्री र साँसद ? : डा. मदन दाहाल

संघीयताले मुलुक सोमालिया हुने खतरा छ, कहाँबाट पाल्ने यत्रा मन्त्री र साँसद ? : डा. मदन दाहाल


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ फाल्गुन २०७४
  • 40.6K
    Shares

अर्थविद् डा मदन दाहालले अहिलेको संघीयता परिपाटीले मुलुक सोमालिया हुने खतरा रहेको भन्दै राजनीतिक नेतृत्वको ध्यानकर्षण गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्दै उनले ऋण लिएर संघीयता धान्ने कुराले मुलुक असफल राष्ट्र हुनसक्ने बताएका छन् ।

डा. दाहालले प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभाका ८८४ साँसद, झण्डै सयजना मन्त्री, केन्द्रदेखि प्रदेशसम्मका सभामुख, उपसभामुख, प्रदेश प्रमुखलाई ऋण लिएर तलव खुवाउँदै संघीयता धानिदैन भन्दै साधन र स्रोतको ठूलो अभाव र व्याप्त भ्रष्टाचारले मुलुक सोमालिया जस्तो कंगाल हुने र मुलुक असफल राष्ट्र हुने खतरा बढेको बताएका छन् ।

उनले खर्च व्यवस्थापनको व्यवहारित नीति र रणनीति बनाउन तत्काल वित्त आयोग बनाउनुपर्ने खाँचो औंल्याएका छन् । दाहालले सरकार, निजी क्षेत्र, विज्ञसहितको सहभागितामा चाँडै त्यस्तो आयोग गठन गरेर त्यसको सुझावका आधारमा स्रोत परिचालन गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया