अवैध काठ प्रयोग गर्ने मिल मालिक छुटाउन राजनीतिक दबाब र आर्थिक चलखेल !

अवैध काठ प्रयोग गर्ने मिल मालिक छुटाउन राजनीतिक दबाब र आर्थिक चलखेल !


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ फाल्गुन २०७४
  • 30.7K
    Shares

पोखरा, ३ फागुन २०७४ ।
व्यापक राजनीतिक दबाबकाबीच अवैध रुपमा काटेको काठ प्रयोग गरेको आरोप लागेका पोखरा ३३ तिक्लाङस्थित बानियाँ फर्निचर उद्योगका सञ्चालक वीरेन्द्र बानियाँसँग जिल्ला वन कार्यालय कास्कीका अनुसन्धान अधिकृतले बुधबार बयान लिएका छन् । जिल्ला वन कार्यालय कास्कीका सहायक वन अधिकृत राधाकृष्ण दासले बानियाँसँग बयान लिएका हुन् । बयानका क्रममा बानियाँले आफ्नो काठ मिलमा “ती काठहरु गाउँका मानिसहरुले चिर्न भनी ल्याएका काठहरु भएको र ती काठहरु क–कसका हुन् भन्ने बारेमा आफूलाई थाहा नभएको” बताएका छन् ।
उनीसँग बयान लिनुपूर्व अनुसन्धानलाई प्रभाव पार्ने गरी पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले जिल्ला वन अधिकृत केदार बरालसँग भेट गरेका थिए । तर वडाध्यक्ष आचार्यको प्रस्तावलाई जिल्ला वन अधिकृत बरालले अस्वीकार गरेको समाचार स्रोतले जानकारी दिएको छ । त्यसो त जिल्ला वन अधिकृत बराललाई बानियाँविरुद्ध मुद्दा नचलाउन उच्चस्तरकै राजनीतिक नेताको दबाब आईरहेको बताइएको छ । त्यसमा पनि बानियाँकै आफन्त र छिमेकी समेत रहेका जिल्ला वन कार्यालय कास्कीका वनरक्षक पदम बानियाँले चलखेल गरिरहेको प्राप्त समाचारमा जनाइएको छ ।
प्राप्त सूचनाका आधारमा डाँडाको नाक प्रहरी चौकीका प्रमुख डिएसपी गोबिन्द पुरीको प्रहरी टोलीले तिक्लाङस्थित बानियाँको बानियाँ फर्निचर उद्योगमा आइतबार छापा मारी तीन सय ७५ पिस साल र लप्सीका काठको टुक्रालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । कास्कीका जिल्ला वन अधिकृत केदार बरालले जफत काठ लगभग ५ सय ५० क्युफिट रहेको जानकारी दिए ।
वन ऐन बमोजिम बानियालाई कारबाही हुने उनले बताए । काठको जरिवाना ८ लाख ६ महिनादेखि २ वर्षसम्म कैद हुन सक्ने गरी जिल्ला वन कार्यालयको तर्फबाट मुद्दा चलाइने बरालले सुनाए । उनले २५ दिन म्याद रहेको र २५ दिनभित्र छाड्ने वा मुद्दा दर्ता गर्ने टुंगो लाग्ने बताए ।

प्रतिक्रिया