१६ औ आहा रारा गोल्ड कपको उपाधी नेपाल पुलिस क्लबलाई

१६ औ आहा रारा गोल्ड कपको उपाधी नेपाल पुलिस क्लबलाई


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० माघ २०७४
  • 15.3K
    Shares

पोखरामा शनिवार सम्पन्न १६ औ आहा रारा गोल्ड कपको उपाधी नेपाल पुलिस क्लबले जितेको छ। सो क्लब प्रतिस्पर्धी टिम थ्री स्टार क्लबलाइ १– ० गोल अन्तरले हराउदै बिजयी बनेको हो । पुलिस क्लबको तर्फबाट जर्सी न १८ का रामजि उवाजिले खेलको अतिरिक्त समयमा गरेको निर्णायक बन्न पुगेको थियो। जित संगै बिजेता पुलिस क्लबले नगद रु सात लाख प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ। उपबिजेता थ्री स्टार क्लबले नगद रु तीन लाख पचास हजार प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ।
यस प्रतियोगितामा नेपाल पुलिस क्लबका शत्रुघन चौधरी उत्कृष्ट गोलकिपर बन्दै १५ हजार रुपियाँ हासिल गरे । उत्कृष्ट डिफेण्डर नेपाल पुलिसकै अजिव भण्डारी बने । उत्कृष्ट मीड फिल्डर थ्री स्टारका सुनिल बल घोषित भए । सर्वाधिक गोलकर्ता नेपाल पुलिसकै विश्वास श्रेष्ठ प्रतियोगिताकै उत्कृष्ट फरवार्ड बन्न सफल भए । उत्कृष्ट प्रशिक्षक नेपाल पुलिस क्लबका अनन्तराज थापा घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित नेपाल पुलिसकै रवि पासवानले स्कूटर हात पारे ।

प्रतिक्रिया