नेपालीहरु वीरहरुले अंग्रेजलाई पराजित गरेको किल्लामा भारतीय झण्डा फहराइरहेको छ । नेपाली झण्डा हुनेपर्ने स्थानमा भारतीय झण्डा देख्दा स्वाभिमानी नेपालीको शीर झुकेको छ । नेपालीले अंग्रेजलाई पराजित गरेको रुपन्देही जिल्लाको बुटवलस्थित जीतगढी किल्ला र मणिमुकुन्द सेन दरबार नजिकै भारतीय सैनिकले परेड खेल्ने भएका छन् ।
एेतिहासक उक्त किल्लामा झण्डै ३ विगाहा नेपाली भूमिमा तत्कालीन सरकारले २०७३ फागुन १७ गते भारतीय सैनिक वितरण कार्यालय (पीपीओ) सञ्चालनका लागि भारत सरकारलाई दिने निर्णयका गरेको थियो ।
रुपन्देहीमा अन्य ठाउँ हुँदाहुँदै अंग्रेजसँगको युद्धमा बिजय प्राप्त गरेको जितगढी किल्लामा नै क्याम्प राख्नु नेपाली वीरताको अपमान भएको जिल्लाबासी बताउँछन् । राष्ट्रिय स्वाधिनताको रक्षाको लडाइँमा अंग्रेजलाई हराएकै ठाउँमा र देशको शिर उँचो बनाएको ठाउँमा भारती क्याम्पको राख्ने निर्णयप्रतिको स्थानीय अाक्रोस सेलाएको छैन ।
राष्ट्रवादीको पहिचान बनाएका एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बन्ने सरकारले जितगढी किल्लामा भारतीय झण्डा फहराएको हेरेर बस्छ वा हटाउने पहल गर्छ भन्ने प्रश्न स्थानीय सरोकारवालहरुले गरेका छन् ।
