गतवर्षको उपबिजेता आयोजक सहारालाई हराउँदै सुदुर पश्चिम स्पोर्टिङ क्लब क्वार्टरफाईनलमा प्रवेश

गतवर्षको उपबिजेता आयोजक सहारालाई हराउँदै सुदुर पश्चिम स्पोर्टिङ क्लब क्वार्टरफाईनलमा प्रवेश


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ माघ २०७४
  • 11.6K
    Shares

गतवर्षको उपविजेता सोत रहेको आयोजक सहारा क्लबलाई ३—० गो अन्तरले हराउदै सुदुर पश्चिम ११ स्पोर्टिङ क्लब आहा राराको गोल्डकपको १६ औं संस्करणमा क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सुदुर पश्चिमले १५ औं सस्करणमा आयोजक सहारासँग ४—० गोलले पराजित भएको बदला समेत लिएको छ ।
तेस्रो सहभागितालाई अविस्मरणीय बनाउने धुनमा सुदुरका लागि खेलको २५ औ मिनेटमा गोल गरे । खेलको ७८ औ मिनेटमा मनिराम चौधरीले गोल गर्दै अन्तरलाई दोब्बर बनाए । खेलको थप समयमा राकेश हमालले गोल गर्दै विजय सुनिश्चित गरे । प्रतियोगितामा आधा दर्जन बढि अवसर पाएपनि सहाराका खेलाडीले गोल गर्न सकेनन् । बुधबार भारतको सिक्किम युनाईटेड र धरान फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा नेपाल आर्मी, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी, थ्रीस्टार क्लब दुई विदेशी टोली बरिन्धरा बंगलादेश र भारतको सिक्किम युनाईटेड, मोफसलका टोली, धरान फुटबल क्लब, झापा ११ र ए डिभिजनको संकटा क्लब गरी १२ टोलीले भाग लिएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले खेलकुदको विकास लागि नगर पालिकाले सक्दो सहयोग गर्ने बताए । प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । बेष्ट अफ फाईभले नगद सहित ट्रफी, दर्शकले स्कुटर र टिभी पाउने छन् ।

एक रुपैयाँ प्रतिटिकटको संकलित रकम जिल्ला खेलकुद विकास समिति कास्कीलाई प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइनेछ ।

प्रतिक्रिया