मेयर रेणु दाहालको निर्देशनमा नयाँ शक्तिका दलित नेतामाथि डोजर ! (हेर्नुहोस् भिडियो)

मेयर रेणु दाहालको निर्देशनमा नयाँ शक्तिका दलित नेतामाथि डोजर ! (हेर्नुहोस् भिडियो)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ पुष २०७४
  • 56.2K
    Shares

सडक विस्तारको क्रममा भरतपुर महानगरपालिकामा नयाँ शक्तिका नेतालाई डोजरले पेलेको छ । विना जानकारी आफ्नो जग्गामा डोजरले हान्न थालेपछि विरोधमा उत्रेका नयाँ शक्तिका नेता तुलाराम विश्वकर्मामाथि डोजर आक्रमण भएको हो ।

चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका नेता विश्वकर्मामाथि भरतपुर महानगरपालिका २१ कालिकाचोकमा सडक निर्माण कम्पनीले डोजरले आक्रमण गरेको बताइएको छ । नेता विश्वकर्मा घाइते भएका छन् ।

आफ्नो जग्गामा डोजरले हान्न थालेपछि बुझ्न भनेर नजिक गएको अवस्थामा नेता विश्वकर्मामाथि डोजर लगाइएको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयले नेता विश्वकर्मालाई बचाएका थिए ।

“हामीलाई जानकारी नदिइ जग्गामा डोजर लगाउन थालियो । मैले बुझ्नका लागि डोजर भएतिर जाँदा मलाई उचाल्ने र पछार्दै पेल्न खोजियो” घाइते विश्वकर्माले भने । उनले प्रहरीले समेत आफ्नो कुरा नसुनेको गुनासो गरे ।

नेता विश्वकर्मालाई डोजर लगाउँदै गर्दा उनकी श्रीमती भने ठूलो स्वरले गराउँदै गरेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा डोजरले नेता विश्वकर्माले लछारपछार गरेको समेत भिडियोमा देखिएको छ ।

बारम्बार डोजरले उनलाई हान्दा अन्य व्यक्तिले बचाउन तानेको पनि भिडियोमा देखिन्छ । रोयल बिल्डर्स कम्पनिको डोजरले आफूमाथि आक्रमण गरिएको तुलारामले बताएका छन् ।

नयाँ शक्ति चितवनले मेयर रेणु दाहालको निर्देशनमा नेता विश्वकर्मामाथि डोजर लगाइएको बताएका छन् ।

हेर्नुस भिडियो
https://youtu.be/FWPAGbhvzYE

प्रतिक्रिया