नेविसंघका नेता शाहलाई विद्यालयले तलब खुवाएको खुलासा

नेविसंघका नेता शाहलाई विद्यालयले तलब खुवाएको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ पुष २०७४
  • 9.7K
    Shares

रौतहटमा एक विद्यालयले नेविसंघका नेता राजाबावु शाहलाई कामै नगरी तलब खुवाउँदै आएको खुलासा भएको छ । अध्यापन गर्ने बाहना बनाइ उनलाई उक्त विद्यालयले गोप्य रुपमा अस्थाई नियुक्ति गरेको र नियमित रुपमा तलब दिएको खुलासा भएको हो । जिल्लाको फतुुआ बिजयपुुर नगरपालिका स्थित बिजयपुर उच्च माविका प्रधानाध्यापक सुुदामा यादवले नेवी संघका केन्द्रिय सदस्य राजाबाबुु साहलाई कामै नगरीतलव आएका हुन् कटहरिया नपा ५ घर भई माही मेमोरियल बोर्डिङ स्कुल चलाउँदै आएका साहलाई यादवले २०७३ पुुसदेखि गोप्य तरिकाले कक्षा १२ मा अध्यापन गराउने भनि नियुुक्ती दिएर नियमित तलव दिँदै आएको फतुुआ बिजयपुरका समाजसेवी एवं निर्वाचित वडा अध्यक्ष उमाशंकर जयसवालले जानकारी दिए ।

अनुुदान कोटामा अस्थायी पदमा नियुुक्ती गरेर मासिक ३५ हजार दुुईसय २० रुपैया तलव साहलाई प्रअ यादवले एकबर्ष बढी यता दिँदै आएको उनले बताए । तर, नेता साह अध्यापन गराउन बिद्यालयमा कहिलै आएको आफूलाई थाहा नभएको फतुुआ बिजयपुुरका पूर्व गाविस अध्यक्ष सुुरेन्द्र यादवले बताए । प्रधानाध्यापक यादव र बिद्यार्थी नेता साहको मिलोमतोमा विद्यालयको लाखौं रुपैया अनियमितता भईरहेको पुुर्व अध्यक्ष यादवले दावी गरे । यता प्रधानाध्यापक सुुदामा यादवले भने शिक्षक नियुुक्ती पाएका राजाबाबुु साहले स्थानिय चुुनाव अगाडिसम्म नियमित पठन पाठन गराएकोले तलव ख्वाएको तर अहिले निस्कृय भएकाले असोजयताको तलव भुक्तानी नभएको बताए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामाकान्त यादवले विद्यार्थी नेता साहको शैक्षिक योग्यताको प्रमाणपत्र देखाएर सरकारबाट प्राप्त तलव अन्य शिक्षकहरु लाई तलव खुवाउने गरेको दाबी गरे

प्रतिक्रिया