आहा रारा गोल्ड कप आउदो माघ ९ गते देखी पोखरामा

आहा रारा गोल्ड कप आउदो माघ ९ गते देखी पोखरामा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ मंसिर २०७४
  • 13.8K
    Shares

पोखरा, २८ मंसिर/  यस बर्षको १६ औं संस्करणको आहा रारा गोल्ड कप आउदो माघ ९ गते देखी २० गते सम्म पोखरा  रंगशालामा सञ्चालन हुने  उक्त प्रतियोगितालाई सफल पार्न सहारा क्लब पोखराका अध्यक्ष केशब बहादुर थापाको संयोजकत्वमा ५ सय १ सदस्य मुल आयोजक समितिको गठन गरिएको छ ।

“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित  गरौं” भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगितालाइ हिमश्री फुड्स प्रा. लि. को उत्पादन रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ ।

क्लबका अध्यक्ष थापाको अध्यक्षतामा हालै बसेको बैठकले वरिष्ठ उपाध्यक्ष हरीराम गुरुङलाई प्रतियोगिता संयोजक र महासचिव विश्वराज बराललाई सदस्य सचिव चयन गरेको छ भने क्लबको सल्लाहकार परिषदका सभापति वीरभद्र आचार्यको संयोजकत्वमा १ सय १ मुल आयोजक सल्लाहकार समिति समेत गठन गरिएको हो ।

प्रतिक्रिया