चन्दा नदिएको भन्दै चितवनमा कांग्रेस कार्यकर्ताले गरे गाडी तोडफोड

चन्दा नदिएको भन्दै चितवनमा कांग्रेस कार्यकर्ताले गरे गाडी तोडफोड


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ मंसिर २०७४
  • 10.5K
    Shares

काँग्रेस कार्यकर्ताले चन्दा नदिएको भन्दै व्यापारीको गाडी तोडफोड गरेको आरोप पूर्वी चितवनको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको गाडी तोडफोड भएको छ । गए राति आफ्नै घर अगाडी पार्कीङ गरेर राखेको ना १५ च ६३५ नम्बरको कार चन्दा नदिएको भन्दै काँग्रेस कार्यकर्ताले तोडफोड गरेका रेग्मीको परिवारिक स्रोतले जानकारी दिएको छ ।

सेतोरंगको पल्सर मोटरसाईकलमा आएका दुईजना कार्यकर्ताले पार्किङ गरेर राखेको कारमा ढुंगा हानेर भागेका थिए । कारको पछाडीको शिसा पूर्ण रुपमा फुटेर क्षति भएको छ । अध्यक्ष रेग्मीका अनुसार नेपाली काँग्रेसका कार्यकर्ताले चुनाव खर्च भन्दै विगत केही महिनादेखि चन्दा माग्दै आएका थिए । रेग्मीका अनुसार चन्दा नदिएकै आरोपमा आफुमाथी आक्रमण भएको बताए ।

यस अघि पनि विभिन्न ठाउँमा काँग्रेसका कार्यकर्ताहरुले फोन मार्फत पटक – पटक धम्क्याएका थिए । राजनीतिक दलको संरक्षणमा कार्यकर्ताहरुले व्यवसायीहरुलाई चन्दाको नाममा आतंकीत बनाउने कामगरेको भन्दै घटनाको न्योचित अनुसन्धान गर्न प्रहरी प्रशासनसँग अध्यक्ष रेग्मीले माग गरेका छन ।

प्रतिक्रिया