कालिकोट र चितवनमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन । पूर्णरुपमा त्रिशूलीमा डुबेको बसबाट हालसम्म १५ जना घाइतेको उद्धार गरिएको छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन ।
दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यले ६ जनाको हालसम्म शव फेला परेको जानकारी दिए । उनका अनुसार, अहिले घाइतेको उद्धार कार्य भइरहेको छ ।
ँदुर्घटनामा ६ जनाको ज्यान गएको छ भने १५ जनाको जिवितै उद्धार गरेका छौं,’ डीएसपी आचार्यले भने, ँबस पूर्णरुपमा डुबेको हुँदा उद्धारमा समस्या भएको छ ।’ दुर्घटनालगत्तै नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका छन् ।
यसैगरी कर्णाली राजमार्ग अन्तरर्गत कालिकोटको खाडाचक्र नगरपालिका वडा नं २ जिल्ला अस्पताल मोडमा बोलेरो दुर्घटना हुदाँ तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परी चन्दननाथ-१० का यदुराज न्यौपाने ,रारा छायानाथका नरबिक्रम मल्ल, सोरु गाउपालिकाका जयरुप बुमीको निधन भएको प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए। घाइते पाँच जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
मुगुबाट सुर्खेत जार्दै गरेको लु २ च २०३ नम्बरको रातो प्लेटको बोलेरो मंगलबार बेलुका राति १०स्३० बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए।