छक्का पञ्जा हेर्ने दर्शक ‘मूर्ख’ भनेपछि ऋचा प्रति छक्का पञ्जा टिम आगो

छक्का पञ्जा हेर्ने दर्शक ‘मूर्ख’ भनेपछि ऋचा प्रति छक्का पञ्जा टिम आगो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ मंसिर २०७४
  • 12K
    Shares

हास्य कलाकार दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्र छक्का पञ्जाले नेपाली सिनेमा क्षेत्रमा नयाँ रेर्कड बनायो । यो चलचित्रले सफलताको साथ १०० औँ दिन मनाउदै हाल सम्मको सर्वाधिक कमाई गर्ने चलचित्र बन्यो । यति बेला अभिनेत्री ऋचा शर्माले छक्का पञ्जाले नारी शोषण गरिएको चलचित्र भनेर आरोप लगाए पछि छक्का पञ्जा टिम ऋचा प्रति आगो खनिए झैं खनिएका छन् ।

केही समय अघि काठमाडौँमा आयोजना भएको चलचित्रमा महिला नामक कार्यक्रममा बोल्दै छक्का पञ्जा हेरेर ताली बजाउने मूर्ख रहेको बताएकी थिइन् । उनले आफूलाई महिलाबादी भन्ने तर महिलालाई थप्पड हान्दा आफै हासेको देखेर रिस उठेको बताएकी थिइन् । ऋचाले केही समय अघि आधा लभ नामक चलचित्र निर्माण गरेकी थिइन् । चलचित्र हेर्ने दर्शक हल सम्म नआउदा आफूलाई दुख लागेको बताएकी ऋचा भन्छिन् फिल्ममेकरहरु कथामा भन्दा बढी पैसा कमाउन लालयित हुन्छन् । जसले हामीजस्तो राम्रो काम गर्ने खोज्ने, केही नयाँ गर्ने खोज्नेलाई गाह्रो हुन्छ ।

यति बेला ऋचाले दिएको अभिव्यक्ति प्रति सम्पूर्ण छक्का पन्जा टिमले सामजिक सञ्जालमा एउटै स्टाटस लेखेका छन् । ‘एक जना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शक लाई मूर्ख भन्नु भएछ । प्रिय नायिका ज्यू दर्शकलाई मुर्ख भन्नु भएकोले नै तपाईका फिल्मले कहिल्यै दर्शक पाएनन् ।

प्रतिक्रिया