मंसिर १० गते ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका अघिल्लो दिन र मतदानको दिनमा जिल्लाका विभिन्न २६ स्थानमा नेकपाले निर्वाचन ध्वस्त अभियानका क्रममा आक्रमण गरेको छ । त्यसै अन्तरगत शान्नित्रिवेणि गांउपालिकाको ठिगेल्नि देवि निमावि किउरीमा आक्रमण हुंदा मतदान केन्द्र कव्जा भएको छ । सो समयमा प्रहरी निरिक्षक गिरीराजमणि भण्डारी र प्रहरी जवान रामबहादुर चौधरी घाईते भएका छन भने नेकपाका तर्फ महेन्द्र शाही र टन विक घाईते भएको बताइएको छ ।
घाईते टन विकको घांटीमा गोलि लागेको छ भने महेन्द्र शाहीको सामान्य चोटपटक लागेको बताइएको छ । आज विहान देखि मतदान केन्द्रमा बम प्रहार देखि दोहोरो झडप भईरहेको छ ।
उक्त मतदान केन्द्रमा अहिले सम्म कोही मतदान गर्न गएका छैन । अहिले सुन्य मतदान भएको छ । मेहलमुडि,मुम्रा, सिपखाना, फुकोट, नानिकोट लगाएतका क्षेत्रमा जनता द्धारा प्रतिरोधका कार्यक्रम जारी रहेको बताइएको छ ।
जिल्ला इन्चार्ज समरका अनुसार अहिले सिपखानामा मतदान केन्द्रमा बहिस्कारको कार्यक्रम अघि बढेको छ । नानिकोटको सरस्वति मावि भिटामा बम प्रहार हुंदा मतदान गर्न ढिलो भईरहेको छ भने प्रहरीले गांउमा पसेर जवरजस्त मतदान केन्द्रमा मतदातालाई लिदै गरेको बताइएको छ ।
निर्वाचनका समयमा अवरोध भएको बहानामा पलांता गउपालिकाको जांफे मतदान केन्द्रमा जनताले ढुंगामुडा प्रहार गरेका थिए भने माल्कोटमा स्थानिय महिलाहरुले आफ्ना छोरा छोरीलाई नियन्त्रणमा लिन खोज्दा प्रतिरोध गरेका थिए । घर्ताको छातिमा पनि मतदान केन्द्र तर्फ जांदै गरेको अवस्थामा स्थानियले ढंगामुडा प्रहार गर्दा एक दिन पछि मात्र मतदान केन्द्रमा टोलि पुगेको थियो ।
नेकपाले कालीकोटमा यस अघि नरहरिनाथ गांउपालिकाको माल्कोटमा स्थानिय निर्वाचनमा जनताले गरेको बहिस्कार ईतिहांस रचेको थियो भने यस निर्वाचनमा मुम्राको किउरीमा ईतिहांस रच्न सकेकोमा मुम्रा वासि तथा सिंगो कालीकोट वासिलाई धन्यावद दिइएको छ ।
अहिले रुप्सा,माल्कोटको उच्छव तथा कुमालगांउमा जनप्रतिरोधका कामहरु भईरहेका छन । कालीकोट जिल्लामा अहिले सम्म ६ हजार बढि मतदान हुन सकेको छैन । माल्कोटमा अहिले सम्म २ जनाले मात्र मतदान गरेको बताइएको छ । जिल्ला भर नयां किसिमले यस पटकको मतदानमा जनताले शसक्त बहिस्कार गरेका हुन ।