जनमुक्ति सेना उद्देश्य पूरा नभएसम्म विघटन हुँदैन र भएको छैनः विप्लव

जनमुक्ति सेना उद्देश्य पूरा नभएसम्म विघटन हुँदैन र भएको छैनः विप्लव


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ मंसिर २०७४
  • 45.3K
    Shares

नेकपा (माओवादी)का महासचिव विप्लवले जनमुक्ति सेना गठनको उद्देश्य पूरा नभएसम्म विघटन नहुने बताएका छन् । जनमुक्ति सेना दिवसको अवसरमा बुधबार विप्लवले भने, ‘जनमुक्ति सेना जुन उद्देश्यको लागि गठन गरिएको थियो त्याे पूरा भएको छैन, केही समूहले आत्मसमर्पण गर्दैमा जनमुक्ति सेना विघटन भएकाे मानिदैन ।’

मंसिर ८ गतेलाई नेपाली सर्वहारा वर्गको लागि गौरवको दिन भन्दै विप्लवले जनमुक्ति सेना भिन्न रुपमा आफ्नो उद्देश्यमा अगाडि बढिरहेको बताए । उनले नेपालमा वैज्ञानिक समाजवाद स्थापना भएमात्र जनमुक्ति सेनाको उद्देश्य पूरा बताए ।

महासचिव विप्लवले आफ्नो पार्टीको नेतृत्वमा जनमुक्ति सेना नयाँ स्वरुपमा संगठित भइरहेको बताए । ‘तत्कालिन नेतृत्वले जनमुक्ति सेनालाई तितरवितर गरेको थियो तर हाम्रो पार्टीले त्यसलाई पुनः नयाँ स्वरुपमा संगठित गरेको छ’ विप्लवले भने ।

विप्लवले जनयुद्धमा केही सफल कार्वाहीको नेतृत्व गरेका थिए । जनयुद्धको सुरुवातीमा कालिकोटका सान्नीघाट, पद्माघाट,कोटवाडादेखि म्याग्दीको वेनीसम्मका फौजी कार्वाहीको कमिसारियट गरेका थिए । त्यस्तै आजैको दिन तत्कालिन शाही सेनामाथि दाङ घोराही, अछामको सदरमुकाम मंगलसेन, दैलेखकाे नौमुले, अछामकाे विनायकजस्ता जनयुद्धका महत्वपूर्ण फौजी कार्वाहीको मुख्या योजनाकारको टीममा रहेर याेजना बनाएका थिए ।

प्रतिक्रिया