जनताको गुनासो -अरु बेला वास्ता गर्दैनन, चुनावको बेला खेतवारीको कान्ला कान्ला उक्ली नमस्कार गर्छन

जनताको गुनासो -अरु बेला वास्ता गर्दैनन, चुनावको बेला खेतवारीको कान्ला कान्ला उक्ली नमस्कार गर्छन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ मंसिर २०७४
  • 19.5K
    Shares

प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा विभिन्न राजनैतिक दलका उम्मेदवारहरुलाई भोट माग्न घरदैलो चाहारिरहेका छन् खेती किसानी गरेर जिविकोपार्जन गर्ने जनताहरु भने चुनावको रन्कोलाई वेवास्ता गर्दै बर्षभरीको दुःख गरि उव्जाएको अन्न पात भित्राउने चटारोमा छन।
चुनाव नजिकिदै राजनीतिक कार्यकर्ताहरु उत्साहित हुँदै चुनाव प्रचारमा गाउँ-गाउँ, शहर, गल्ली-गल्ली छिरेपनि गाउँतिरका सर्वसाधारणहरु भने धेरैमा यो चुनावले केही नगर्ने भन्दै निराश बनिरहेका छन् । दिनहुँ गाउँघर वजारका गल्लीगल्लीहरुमा उम्मेदवारहरु पालैपालो दुई हात जोड्दै आफुलाई “मत दिनुस” भन्दै दैलोपिच्छे आउछन ।
नेताहरुलाई भोट हाल्दा के हामीलाई खान दिन्छ रू रु खेतवाट भर्खर टिपेर ल्याएको कोदो आफ्नो आगनमा सुकाउदै म्याग्दी मङगला गाउँ पालिकाका निवासी ४५ बर्षिया चन्द्रा थापाले प्रश्न गरिन् । ूचुनाव जिते पछी त गाउँको विकास गर्छ रे नि त रुू भन्ने प्रश्नमा कोदो सुकाउन छोड्दै झरक्क रिसाउदै भने ूअरु बेला वास्था गर्दैन, चुनावको बेला गोठाला र खेताला जादा पनि खेतवारीको कान्ला कान्ला उक्ली नमस्कार गर्छन नेताहरु अनि कसरी विश्वास गर्ने रु यिनीहरुलाई १ ह्ह्य्या १ आफुत हालिदैन कसैलाई भोट बेकारमा,जो आए पनि तेस्तैू भन्दै आक्रोश पोखिन।

प्रतिक्रिया