कास्की काँग्रेसमा उत्पन्न विवाद उत्कर्षतर्फ, तीन जना नेता पार्टीबाट निश्कासित

कास्की काँग्रेसमा उत्पन्न विवाद उत्कर्षतर्फ, तीन जना नेता पार्टीबाट निश्कासित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० कार्तिक २०७४
  • 8.1K
    Shares

चुनाव नजिकिंदै जाँदा कास्की काँग्रेसमा उत्पन्न विवादले उत्कर्ष रुप लिंदै गएको देखिएको छ । आफ्नो पार्टीको आधिकारिक उम्मेदवार हुँदाहुँदै अर्को पार्टीकाट उम्मेदवारी दिएका तीन जना पार्टी सदस्यहरुलाई पार्टीबाट निष्काशन गरिएपछि नेपाली काँग्रेस कास्कीभित्र उत्पन्न विवादले उत्कर्ष रुप लिएको देखिएको हो ।  नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईले आज एक प्रेस विज्ञप्ति जारी गरी पार्टी सदस्य हुँदाहुँदै पनि अर्को पार्टीबाट निर्वाचनमा उम्मेदवारी दिएका ३ जनालाई नेपाली काँग्रेस कास्कीबाट निष्काशन गरेको जानकारी दिएका छन् । पार्टीबाट निष्कासित हुनेमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ का ठाकुरप्रसाद कँडेल, वडा नम्बर २६ का चन्द्रबहादुर रानाभाट र वडा नम्बर २९ का झपेन्द्रराज आचार्य रहेका छन् ।
जारी उक्त विज्ञप्तिमा अनुशासनभन्दा बाहिर गएर पार्टीलाई असर पर्ने क्रियाकलापमा संलग्न भएकोले केन्द्रको परिपत्रअनुसार उनीहरुलाई पार्टीको क्रियाशिल र साधारण सदस्यसमेत नरहने गरि निश्कासन गरिएको उल्लेख छ । प्रेस विज्ञप्तीमा पार्टीको अनुशासन कारबाहीमा परेर निश्कासित भएका त्यस्ता उम्मेदवारहरुलाई कुनै खालको सहयोग नगर्न समेत कार्यकर्ताहरुलाई आग्रह गरिएको छ ।
नेपाली काँग्रेस कास्कीले केहि दिन अगाडि पार्टीको निर्णय विपरित आफुखुशी उम्मेदवारी दिएको भन्दै पार्टीको महाधिवेशन प्रतिनिधि नरेशशंकर पालिखेलाई निश्कासन गरेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार