लगानी नउठेपछि आलु किसान चिन्तित

लगानी नउठेपछि आलु किसान चिन्तित


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ कार्तिक २०७४
  • 14.3K
    Shares

बाराका किसानले उन्नत जातको आलुको बीउ समयमा नपाउँदा लगानीअनुसारको उत्पादन नभएपछि चिन्तित बनेका छन् । परिवारको मुख्य आयस्रोतका रूपम रहेको तरकारी खेतीअन्तर्गत नगदे बालीका रूपमा रहको आलु खेतीबाट लगानीअनुसारको उत्पादन नभएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।

जिल्ला कृषि विकास कार्यालय कलैया बाराले मौसमअनुसारको खेती गर्न किसानहरूलाई उन्नत जातको बीउ पु¥याउन नसकेको जिल्लाका सर्वसाधारण किसानले गुनासो गरेका छन् । अहिले कट्ठामा हाल ४÷५ क्विन्टल उब्जनी भइरहेको उन्नत जातको बीउ प्रयोग गरी ठीक समयमा खेती गरे उब्जनी बढेर प्रतिकट्ठाको ७÷८ क्विन्टलसम्म हुने स्थानीय कृषक सीताराम साहले बताए । यता बाराका किसानहरूले उन्नत जातका बीउको प्रयोग नगर्दा आलुको उत्पादकत्व घटेको जिल्ला कृषि विकास कार्यालय बाराले जनाएको छ । जिल्लाको ७ हजार ३० हेक्टर जमिनमा आलु खेती हुने गरेको यस जिल्लाका किसानले उन्नत जातको बीउ प्रयोग नगर्दा लगानीअनुसारको उत्पादन गर्न नसकेको जिल्ला कृषि विकास कार्यालय बारा प्रमुख शिवरत्न साहले बताए ।

उन्नत जातको बीउको प्रयोग नगर्नुका साथै डढुवा रोगका कारण किसानले लगानीअनुसारको आम्दानी लिन नसकेको उनको भनाइ छ । कृषकसमक्ष उन्नत जातको बीउ पु¥याउन प्री–बेसिक सिड अर्थात् मूल बीउ कृषकहरूलाई उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख साहले बताए । बीउ कम भएकाले मागअनुसार किसानहरूलाई दिन नसकेको स्वीकार गर्दै प्रतिगोटा १८ रुपैयाँ पर्ने बीउ किसानलाई सहुलियत दरका उपलब्ध गराइएको उनले दाबी गरे ।

प्रतिक्रिया