२२ वर्षीया गर्भवती ६ महिनादेखी दाम्लोमा

२२ वर्षीया गर्भवती ६ महिनादेखी दाम्लोमा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ साउन २०७३
  • 25.6K
    Shares

थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरे पनि जताततै भ्वाङ, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधीएर बसेकी एक गर्भवती महिला । गर्भवती अवस्थामा नियमित व्यायाम, स्याहार सुसार र खानपीनमा विशेष पौष्टिक आहारको आवश्यकता पर्छ । तर उदयपुरको त्रियुगा नगरपालिकाकी एक महिलालाई भने  विगत ६ महिनादेखी घरमै बाँधेर राखिएको छ ।

मानसिक रोगी त्रियुगा नगरपालिका वडा नं ५ भातिखर्क. उदयपुरकी २२ बर्षीया सृजना कार्की (खड्का) उपचार अभावमा बाँधिएर बस्न बाँध्य छिन् । गर्भवतीलाई श्रीमानले समेत घरमै छाडेर हिडेपछि उनी विचल्नीमा परेकी छिन ।  गर्भ रहेको दुई महिनाको भएपछि छोराले समेत छाडेर हिडे पछि वृद्ध सासु ससुरालाई बिरामी बुहारीको बोझ थपिएको ससुरा भीमबहादुर खड्काले बताए ।

खड्काले भने, ‘छोरा कहाँ गयो गयो अत्तो पत्तो छैन विरामी बुहारीको हामी बुढाबुढीले कसरी स्याहार गरौँ।’ सिन्धुलीको लदाभिर गाविसबाट २०७० फागुनमा विवाह भई गाईघाट आएकी खड्काको माइती पक्ष समेत विरामी भएपछि हेर्न नआएको ससुराले गुनासो गरे ।  ‘बुहारी विरामी भएको यत्रो दिन भयो तर जन्म दिने बुबा, आमा त भेट गर्न आउनु पर्ने हो उनीहरु पनि आएका छैनन,’ ससुराले भने ।

७१ जेठमा पाटन अस्पताल गएर चेक जाँच गराएकोमा नियमित चिकित्सकको निगरानीमा औषधी सेवन गर्नु भनेको थियो तर आर्थिक अभाव भएकाले पुनः पाटन लान नसकेको खड्काले बताए ।  ‘एक त मानसिक रोगी त्यसमाथी खुट्टामा घाउ भएर प्mयात्तै पाकेको छ उपचार गर्न पैसा छैन,’ भीमबहादुरले भक्कानिदै भने ।

गर्भवती महिला उपचार अभाव भएकै कारण बाँधिएर बस्नु दुखद भएको महिला अधिकारकर्मी महेश्वरी राईले बताइन । गैर सरकारी संस्था महासंघ उदयपुरको अध्यक्ष समेत रहेकी राईले भनिन्, ‘हामी अधिकारकर्मीको पहलमा बैठक बसेर के सहयोग गर्न सकिन्छ भनेर छलफल गर्नेछौँ ।’

प्रतिक्रिया