पोखराको पृथ्वीचोकबाट १५ सय थान लागुऔषध सहित प्रहरीले ८ जनालाई पक्राउ गर्न सफल भएको छ ।लागु औषध नियन्त्रण ब्युरो पोखराको प्रहरी टोलीले बिशेष सुराकीका आधारमा चेकजाँच गर्नेक्रममा लागुऔषध कारोकार गर्ने गिरोह नै पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले उनीहरुको साथबाट नर्फिन ५ सय थान, डाइजापाम ५ सय थान र फेनारगन ५ सय थान गरी जम्मा १५ सय थान लागुऔषध बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको बाफरगंजका ४० बर्षिय शिब कुमार निषाद, पोखरा बाँझापाटनका ४१ बर्षिय इन्द्र प्रसाद गुरुङ, पोखरा नागढुङ्गाका २० बर्षिय दिपेन क्षत्रि, भादिङ खनेबासका ४४ बर्षिय कल्याण तामाङ, सोहि ठाउँका ३० बर्षिय एलिया तामाङ, तनहुँ शुक्लागण्डकीका ३२ बर्षिय मेख बहादुर गुरुङ, पोखरा रानिपौवाका २४ बर्षिय सम्राट राणा र स्याङजा पुतलीबजार घर भई लु १ ख ३०६५ नम्बरको बुटवल काठमाडौं चल्ने बसका सहचालक २४ बर्षिय अजय शाहि रहेका छन ।
उनीहरु भारतिय नाकादेखि पोखरा लगाएत नेपालका अन्य शहरहरुसम्म विभिन्न सवारी साधन तथा व्याक्तिहरुको सहयोगमा लागुऔषध कारोबार गर्ने गिरोह नै रहेको लागुऔषध नियन्त्रण ब्युरो पोखराका प्रमुख प्रहरी निरीक्षक रबिन्द्रमान गुरुङले बताउनुभयो । पक्राउ परेका उनीहरु माथि प्रहरीले लागुऔषध बुर्फि नरफिन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडी बढाइएको छ ।