दलित बालिकामाथि मोेसो र जुत्ताको माला लगाएर यातना, दुईजना पक्राउ

दलित बालिकामाथि मोेसो र जुत्ताको माला लगाएर यातना, दुईजना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० असोज २०७४
  • 7.4K
    Shares

मोरङको बेलबारी २ देबीथानडाँडामा एक दलित बालिकामाथि चोरीको आरोपमा मोसो दल्नुका साथै जुत्ताको माला लगाएर यातना दिइएको छ । बिहिबार दिउसो स्थानीय १४ वर्षीया परियार थरकी  बालिकालाई चोरीको आरोप लगाउँदै मोसो दलेर जुत्ताको मालासहित सिस्नुपानी लगाएर यातना दिँदै बजार घुमाउने क्रममा इलाका प्रहरी कार्यलय बेलबारीले भेटी उद्धार गरेको छ ।

कुटपिटबाट बालिका घाइते भएकी छिन् । उनको स्थानीय मेडिकलमा उपचार गराइएको छ । आर्थिक अवस्था कमजोर भएकी ती बालिकाका बुबा भारतमा मजदुरी गर्छन् । उनकी आमा संगीता परियारले घटनामा संलग्न सबैलाई कारबाहीको माग गर्दै प्रहरीमा निवदेन दिएकी छन् । पीडित बालिकाले आफुले पैैसा नचोरेको र आफुले लिनुपर्ने पैसा लिँदा आफुलाई कुटपिट गरी कालोमोसो दलेको गुनासो गरिन् । स्थानीय कबिर माविमा कक्षा ६ मा अध्यायनरत ती बालिका कुटपिटका कारण बोल्न समेत नसक्ने अवस्थामा पुगेकी छिन ।

काकीले पनि खाइन् कुटाई

 पीडित बालिकासँगै उनकी कान्छी काकीले पनि कुटाइ खाएकी छन् ।  बालीकाका काकाले  काकी प्रमिला परियारलाई कालो मसो दलेर कुटपिट गरेका थिए प्रमिलाकी आमा सहित भएर कालो मोसो दलेको भन्दै आफूलाई श्रीमानले कुटेको उनले बताइन् । उनले श्रीमानका नाममा समेत उजुरी दिएकी छन् ।

घटनामा संलग्न दुईजना पक्राउ

सोही घटनामा संलग्न भएका स्थानीय ४५ वर्षीय दुर्गा चौधरी र ५० वर्षीय कुलदिप कुँवर दनुवार पक्राउ परेका छन् । उनीहरुलाई सार्वजनिक अपराध ऐन अन्र्तगत कारबाही गरिने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार