प्रहरीकै संरक्षणमा जडिबुटीको चोरीनिकासी

प्रहरीकै संरक्षणमा जडिबुटीको चोरीनिकासी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १६ असोज २०७४
  • 11K
    Shares

इलाका प्रहरी कार्यालय नायकवाडा, जाजरकोटको मिलेमतोमा वारेकोटमा जडीवुटी चोरी निकासी भएको खुलासा भएको छ ।वारेकोट गाउँपालिका वडा ५ को स्थानीय जंगलवाट स्थानीय व्यापारीको मिलेमतोमा प्रहरीले वडा कार्यालयको सिफारिस लाई अस्वीकार गर्दै जुम्लातीर निकासी तथा पैठारी भएको छ ।

वडा अध्यक्ष सिर्जना बस्नेतले जथाभावी जडीवुटी संकलन तथा निकासी पैठारी नगर्न लेखिएको पत्रको अवज्ञा गदै इलाका प्रहरी कार्यालय नायक वाडाले संकलन गरिएको जडीवुटी जुम्ला तीर निकासी गर्न दिएको छ । वडा अध्यक्षलाई समेत धम्क्याउँदै प्रहरीले जथाभावी बन्द गर्न दिएको पत्र च्यातेर फयाकेको पाईएको छ । वडा कार्यालयले अनुमती विना संकलन गरिएको जडीवुटी रोक्न लेखेको पत्रको अवज्ञा गदै व्यापारीवाट प्रहरीले रकम असुली गरी जडीवुटी छाडेको स्थानीय विष्णु रावतले बताए ।

मैले माथी सम्म सेटिङ्घ मिलाई सकेको भन्दै आफुलाई प्रहरीले धमक्याएको बस्नेतको भनाई छ । व्यापारीले सेतो चिनी, च्याउ, अमलवेद लगाएतको २७ क्वीन्टल जडीवुटी इलाका प्रहरी कार्यालय नायकवाडका असही महोमत तकी खानलाई करिव ४० हजार वरावरको रकम घुस दिएर जुम्ला तीर निकासी भएको स्थानीय धनवहादुर वोहराले बताए । घुस दिएरै निकासी भएकोले कसैले केही गर्न नसक्ने व्यापारीले वताएको बोहराले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार