जनयुद्दका सहिद क. वासुको स्मृति सभाको अवसरमा सहिदको सम्मान शिर्षकमा वक्तित्वकला प्रतियोगिताको आयोजना 

जनयुद्दका सहिद क. वासुको स्मृति सभाको अवसरमा सहिदको सम्मान शिर्षकमा वक्तित्वकला प्रतियोगिताको आयोजना 


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ भाद्र २०७४
  • 12K
    Shares

नेकपा निकट अखिल -क्रन्तिकारी) कास्कीले सम्मलेनको पुर्व सन्ध्या तथा जनयुद्दका सहिद सुरेस वाग्ले क. वासुको स्मृति सभाको अवसरमा सहिदको सम्मान शिर्षकमा वक्तित्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

पोखरा मझेरी पाटन स्थित सहिद स्मृति आवसिय विधालयमा सम्पन्न उक्त प्रतियोगितामा बोल्दै प्रमुख अतिथि अखिल (क्रान्तिकारी) सचिवालय सदस्य तथा गण्डक व्युरो प्रमुख प्रकाश विश्वकर्माले १० वर्षे जनयुद्दमा हाम्रा आफन्तले बगाएको रगतको मुल्याङकन नभएकोले सहिदको सपनापुरा गर्न प्रचण्डपथ र प्रचण्डलाई छोडेको वताए। उहााले सहिद भएकालाई त छोडौ जनयुद्दमा घाइते भएका र जनयुद्दमा लाएका युवाहरुलाई समेत प्रचण्डले आˆनो व्यक्तिगत स्वार्थको हवस बनाएको बताएका छन।राज्य सत्ता परिवर्तन गर्दै जनताको मुक्तिको लागी लदिएको जनयुद्दको धार परिवर्तन गर्दै ससोधनबादी सङ्ग साठगाढ गर्न प्रचण्डजीहरु पुगे पछी आफुहरुले क्रान्तिको झण्डा बोकेर एकिक्रित जनक्रान्तिको कायर्र््िशा बोकेर सहिदको सपना पुरा गर्ने लक्ष्यमा आफुहरु हिडेको बताए।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी जगन तिवारीले सहिद आवसिय विधालयमा अध्ययनरत्त सम्पुर्ण बिधार्थी राज्य परिवर्तनको यात्रामा हिडेका सहिदहरुको रगतको डल्लो भएकोले सहिदका सन्तानहरुको व्यवस्थापन गर्ने जिम्मा आˆनो पार्टीको रहेकोले सदैव साथ रहने बताए। उहाले भन्नु भो प्रचण्ड दाइहरुलाई वचाउनको लागी पालुङटार सम्म बहस गर्यौ प्रयास गर्यौ तर उहालाई ससोधनवादमा वचाउन नसकेकोले भिरबाट खस्न लागेको वाच्छोलाई रामराम भन्न सकिन्छ,काध हाल्न सकिदैन भने। १३ जनाको सहभागितामा भएको उक्त प्रतियोगितामा तेज बिक्रम ओली प्रथम,आवाज् लिम्बु दोस्रो,दिपेन्ऽ जङग शाही तेस्रो र हेमराज कुर्मी सान्तवना भएको थियो।

अखिल क्रान्तिकारीका केन्ऽिय सदस्य तथा २१ औ कास्की जिल्ला सम्मेलन आयोजक समितिका सह सयोजक आश गुरुङको अध्यक्षतामा समपन्न कार्यक्रममा सुनिल कुमालले कार्यक्रम सञ्चालन तथा प्रकाश वास्तोलाले स्वागत मन्तव्य राखेका थिय।

प्रतिक्रिया