कक्षा ९ मा पढ्‍न थालिन, नायिका करिश्मा मानन्धर

कक्षा ९ मा पढ्‍न थालिन, नायिका करिश्मा मानन्धर


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ भाद्र २०७४
  • 12.2K
    Shares

नेपाली चलचित्रकी चर्चित नायिका करिश्मा मानन्धरले मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा पढ्‍न थालेकी छन्। ग्‍यालेक्सी पब्लिक स्कुलबाट कक्षा आठ पास गरेकी नायिका मानन्धर मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी हुन।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सञ्‍चारकर्कीसँग कुरा गर्दै उनले भनिन्,’ म पुन: नियमित अध्‍ययनमा लागेकी छु। नियमित कक्षामा जान त सक्दिन्।तर अध्‍ययन भने त्रिवेणीमा अध्ययन गर्न थालेकी छु।’

उनले आफूलाई पढ्नको लागि पार्टीले समेत उत्प्रेरित गरेको बताइन्। पार्टी संयोजक बाबुराम भट्टराईले बाँचुञ्‍जेल अध्षययनशील हुनुपर्ने बताएपछि अध्‍ययनमा लागेको उनको भनाई छ।उनी नयाँ शक्ति पार्टीको सांस्कृतिक विभागकी प्रमुख पनि हुन्।

प्रतिक्रिया