प्रम देउबाको भारत भ्रमण : ४६ बुँदे संयुक्त बक्तव्यभित्र राष्ट्रघातमा कीर्तिमान

प्रम देउबाको भारत भ्रमण : ४६ बुँदे संयुक्त बक्तव्यभित्र राष्ट्रघातमा कीर्तिमान


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ भाद्र २०७४
  • 17.4K
    Shares

माेदि-देउवाको नेपाल विरुद्ध ४६ बुँदे संयुक्त बक्तव्यबाट झिकिएका केहि बुँंदाहरु ।

बुँदा नं. ११ – “इण्डियन र नेपाली सेनाका बीचमा प्रतिरक्षा सहकार्य गर्ने।”
याे के भनेकाे हाे ? प्रतिरक्षा भनेकाे कुनै राज्य पक्षले इण्डिया वा नेपालमाथि अाक्रमण गरेकाे खण्डमा मिलेर प्रतिराेध गर्ने। याे बुँदा चीन र पाकिस्तानतिर लक्षित छ। याे बुँदामा नेपाली सेनाकाे माैन प्रतिकृया रहस्यमय देखिन्छ।

बुँदा नं. १७ – “कनेक्टीभिटी प्राेजेक्ट अन्तर्गत क्रस बाेर्डर रेल लिंक बनाउने।” क्रस बाेर्डर रेल लिंककाे अवधारणा सिमानामा चेक गर्न नपार्इने कुरासंग सम्बन्धित छ। अर्थात् इण्डियाबाट अाउने रेलहरू अाफ्नै प्रान्तमा जस्ताे गरेर निर्वाध रूपमा चल्न पाउने व्यवस्था।

बुँदा नं. १९ – “एकिकृत जाँच चाैकिहरू बनाउने।” एकिकृत भनेकाे संयुक्त हाेर्इन, दुर्इवटाकाे एउटै भनेकाे हाे। एकिकृत जाँच भन्ने अमूर्त शब्द राखेर ब्यापारदेखि सुरक्षासम्मका जाँचहरूकाे नेतृत्व र्इण्डियालार्इ दिने।

बुँदा नं. २८ – “काेशी नदिमा उच्च ड्याम बनाउने।” यसकाे अर्थ सबैलार्इ थाहा छ। पूर्वी पहाडि जिल्लाहरूलार्इ तालमा परिणत गरेर इण्डियामा पानी लैजाने ब्यवस्था गर्ने।

बुँदा नं. ३८ – “पशुपति मन्दिरकाे पुनर्निर्माणका लागि MOU गर्ने।” अर्थात् अाजसम्म कसैले हेर्न नपाएका सबै संरचनाहरू पुनर्संरचनाका नाममा र्इण्डियनहरूका हातमा हस्तान्तरण गरेर त्यसले चाहेकाे सबै गर्न दिने।

बुँदा नं. ३९ – “बिमस्टेक र सार्क लगायतका क्षेत्रिय र उप क्षेत्रिय संगठनहरूमा सहकार्यबाट हुने फार्इदाहरूमा जाेड दिने।” यसकाे मनशाय हाे- इण्डियनहरूलार्इ फार्इदा हुने सहकार्यमा जाेड दिने।

बुँदा नं. ४१ – “राष्ट्रसंघीय सुरक्षा परिषदकाे स्थायी सदस्यमा इण्डियाकाे दाबेदारिलार्इ समर्थन गर्ने।” यसकाे मतलब हाे- पाकिस्तानकाे दाबेदारिलार्इ इण्डियाले विराेध गर्ने भएकाेले नेपालले पनि विराेध गर्ने र इण्डियालार्इ राेक्दै अाएकाे चीनका विरूद्धमा खडा हुने।

बुँदा नं. ४२ – “सबै खालका रूप र अभिव्यक्तिका अातंकवादसंग सशक्त प्रतिराेध गर्ने।” सबै खालका रूप र अभिव्यक्ति भन्ने पदाबलिले इण्डियनहरूले चाहेका सबै भन्ने बुझिन्छ। १ महिना अघि मात्र राष्ट्रसंघकाे सुरक्षा परिषदमाB पाकिस्तानकाे एउटा धार्मिक समूहलार्इ अातंकवादी घाेषित गर्न राखेकाे प्रस्तावलार्इ चीनले भिटाे लगाएकाे थियाे, त्यसकाे पनि देउवाले समर्थन गरेर चीन र पाकलार्इ चुनाैति दिने।

शेरबहादुर देउवाले नेपालको प्रधानमन्त्रीको हैसियतमा भारतको भ्रमण गरेका छन् । ५ दिने भारत भ्रमणका क्रममा उनले कोसी उच्चबाँध, अपरकर्णालीलगायत नेपालको राष्ट्रियता विरुद्ध गम्भीर राष्ट्रघात गरेर राष्ट्रघातमा कीर्तिमान कायम गरेका छन् । राष्ट्रियताविरुद्धको उनको यो कदम अत्यन्त निन्दनीय र भत्र्सनायोग्य छ । संसदीय व्यवस्थामै पनि देउवा बदनाम पात्र हुन् । यस व्यवस्थामा मात्र नभएर देउवा सीमित लोकतन्त्र, राष्ट्रियता, जनतन्त्र र जनजीविका तीनै क्षेत्रमा अत्यन्त बदनाम र असफल पात्र हुन् । जनयुद्धको समयमा नेकपा माओवादीका नेता र कार्यकर्ताको टाउकाको मूल्य तोकेर झोलाभरि टाउको ल्याएर झोलाभरि पैसा लैजान उर्दी जारी गर्ने देउवा सीमित लोकतन्त्र शाहीसत्ताका कुख्यात पात्र ज्ञानेन्द्रको पाउमा बुझाउने व्यक्ति पनि हुन् ।

राष्ट्रघाती महाकाली सन्धि गराउने देउवाले नेपाली जनता र देशको हितमा भन्दा आफ्नो पद, प्रतिष्ठा र सम्पत्तिका लागि जुनसुकै हर्कत गर्न पनि बाँकी राखेका छैनन् । मित्रराष्ट्र चीन र दक्षिणी छिमेकी भारतबीच चीनको दोक्लाम भूमिका विषयमा विवाद बढिरहेको समयमा भारत गएका देउवाले भारतको पक्ष लिएर चीनलाई चिढ्याउने, संविधान संशोधनको विषयमा मोदीसँग गुहार माग्ने र नेपाललाई सधैँ भारतीय साम्राज्यवादको सुरक्षा र छत्रछायाँमा राख्ने षड्यन्त्र गरेकाले सबै देशभक्त, क्रान्तिकारी र मुक्तिप्रेमी नेपालीले खुलेर यस हर्कतको सामना गर्नुपर्ने आवश्यकता छ ।

देउवा नेपालको संसदीय राजनीतिमा एउटा क्षेत्र र गुटको राजनीति गर्दै उदाएका हुन् । अमेरिकी उत्तरसाम्राज्यवादका विश्वासपात्र मानिने देउवा यतिबेला भारतीय साम्राज्यवादको पनि असली विश्वासपात्र बन्ने होडमा छन् । यसमा उनका सत्ता साझेदार पुष्पकमल दाहालहरुले उनलाई न्वारानदेखिको बल लगाएर साथ दिइरहेका छन् । दाहाल र देउवा गठबन्धन जनतन्त्र र जनजीविकाका सवालमा मात्र नभएर राष्ट्रियताका सवालमा पनि खतरनाक साबित भएको छ । आफू प्रधानमन्त्री भएको समयमा दाहालले भारतसँग २५ बुँदे सहमति गरेर भारतीय छातामा नेपालको विदेशनीति हुने खतरनाक खेल खेलेका थिए । देउवाले त्यसलाई अझ समृद्ध बनाएर नेपाली शासकहरु जनभावना र राष्ट्रहितविरुद्ध सधैँ षड्यन्त्र मात्र गरिरहन्छन् भन्ने प्रमाणित गरेका छन् ।

दसौँ हजार सहिदको रगतमा जन्मिएको जनयुद्ध र जनसत्ता सत्तास्वार्थमा दुस्मनलाई बुझाउने दाहाल र सत्ताकै लागि तथाकथित प्रजातन्त्र ज्ञानेन्द्र शाहको पाउमा सुम्पिने देउवा दलाल संसदीय व्यवस्थाका एक सिक्काका दुई पाटा हुन् । त्यसैले यतिबेला देउवाले गरेका भारतको भ्रमण देउवा, काङ्ग्रेस वा सरकारको मात्र नभएर दाहालको स्वार्थसँग पनि गाँसिएको विषय हो । अर्को संसद्वादी शक्ति एमालेले अघि सारेको खोक्रो राष्ट्रवादका विरुद्ध दाहाल समूह र देउवा समूह अर्थात् काङ्ग्रेस र माकेको गठबन्धनले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकामाथि गम्भीर प्रश्नचिह्न लागिरहेको समयमा देउवाको भारतभ्रमण अत्यन्त खतरनाक साबित भएको छ ।

नेपाली शासकहरुले भारतसँग नेपाली राष्ट्रियताविरुद्ध गम्भीर र खतरनाक सन्धि र सम्झौता गर्दै आएको नकारात्मक इतिहास छ । सत्तामा पुग्न पनि भारतीय शासहरुहको सहारा लिने, पुगिसकेपछि उसलाई रिझाउन र टिकिरहन सधैँ नेपाल र नेपालीको स्वार्थविरुद्ध हर्कत गरिरहने शासकहरुको खराब परिपाटीका कारण जनताले शासकहरुलाई कहिल्यै हृदयदेखि विश्वास गर्न सकेनन् र सक्ने अवस्था पनि रहेन । सुगौली सन्धिबाट आरम्भ भएको गम्भीर राष्ट्रघातको शृङ्खलामा मोहनशमशेर राणाले राणाशासन ढलिसकेको भनिएपछि पनि कुख्यात दिल्ली सम्झौतापछि नेपालको हितविरुद्ध सन् १९५० को राष्ट्रघाती सन्धि गरिदिएको नकारात्मक इतिहास हाम्रासामु छ ।

मातृकाप्रसाद कोइरालाले कोसी र बीपी कोइरालाले गण्डक सम्झौता गरेर नेपाली राष्ट्रियता, भूगोल र प्राकृतिक सम्पदामाथि पनि गम्भीर घात गरे । त्यसैको नकारात्मक विरासत बोक्दै गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेर नेपाली भूमि भारतलाई सुम्पिए भने कृष्णप्रसाद भट्टराई साझा नदीको अवधारणा पारित गराएर र केपी ओली–माधव नेपालहरुले महाकाली सन्धि पारित गर्न देउवाहरुलाई सघाएर नेपालको राष्ट्रियतामाथि गम्भीर खेलबाड गरेको इतिहास पनि हाम्रासामु छर्लंगै छ । त्यही नकारात्मक सन्धिसम्झौता र भारतीय साम्राज्यवादको विस्तारवादी चरित्रका कारण भारतले नेपालका सीमाहरुमा अन्तर्राष्ट्रिय कानुनविपरीत बाँध, नदी र सडकहरु बनाएर नेपाली भूभाग डुबानमा पार्दै आएको छ । कोसी र गण्डकमा भएका राष्ट्रघाती सन्धिकै कारण बर्सेनि लाखौँ नेपालीको जमिन र घरबास मात्र डुब्ने गरेको छैन, कयौँको ज्यानसमेत जाने गरेको छ । यसपालि पनि भीषण बाढीमा परी सयौँ नेपालीको ज्यान गयो भने तराईका कयौँ जिल्लाका बस्तीहरु डुबानमा परे । देउवा सरकार र भारतीय मतियार पार्टीहरुले भारतसँग भएका असमान सन्धिसम्झौताकै कारण नेपाली भूभाग डुबानमा परेको तथ्य भारतसामुख राख्न र कोसी ब्यारेजका ढोकाहरु खोल्न भारतलाई निर्देशन दिन सकेनन् । उल्टै जनस्तरबाट नेकपालाई बम विस्फोट गराएर बाँधहरु भत्काइदिन आह्वान गरियो ।

सारतः देउवाको भारत भ्रमण नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विरुद्ध भएको र विशेषगरी भारतीय साम्राज्यवादको स्वार्थ र नेपाली हितविपरीत रहेकाले देशभक्त नेपालीहरुले देशभर विरोध प्रदर्शन जारी राखेका छन् । विगतका कमीकमजोरी र गल्तीहरु सच्याउँदै देउवाले नेपाल र नेपालीको हितमा काम गरुन् भन्ने नेपाली जनताको अपेक्षालाई लत्याउँदै उनले राष्ट्रघातको शृङ्खला उत्कर्षमा पु¥याएका छन् । देउवा–दाहाल गठबन्धन सत्ता लेन्डुपपथमा भ्रष्टीकरण भएकाले देउवाले दिल्लीमा गरेका राष्ट्रघाती सहमतिहरु उल्ट्याउन र नेपाली राष्ट्रियताको रक्षा गर्न सङ्घर्षमा उत्रिनुको विकल्प छैन ।

प्रतिक्रिया