सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा पर्यटन दौड

सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा पर्यटन दौड


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ भाद्र २०७४
  • 12.3K
    Shares

१४ भदौ, पोखरा । भदौ १६ गतेदेखि २५ गतेसम्म आयोजना हुन गईरहेको सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा आयोजना गरिएको दश किलोमिटर मिनी म्याराथुन सम्पन्न भएको छ ।

मिनी म्याराथुन लमजुङका रोशन गुरुङले जितेका छन ।त्यस्तै पोखरा मिरुवाका संदिप विक दोस्रो तथा सिम्पानी पोखराका सरोज थापा तेस्रो स्थान भए । दश किलोमिटर पर्यटन दौड पहिलो हुने गुरुङले ३७ मिनेट ४८ सेकेण्डमा पुरा गरेका थिए । त्यस्तै दोस्रो र तेस्रो हुने विक र थापाले क्रमश ३८ मिनेट ३० सेकेण्ड तथा ३९ मिनेट ४० सेकेण्डमा पुरा गरेका थिए ।

मिनी म्याराथुनको विजेताले दश हजार नगद पुरस्कार र प्याराग्लाईडिङको टिकट जितेका छन । दोस्रो हुनेले नगद सात हजार र जिप फ्लायरको टिकट पाएका छन भने तेस्रो हुनेले नगद पाँच हजार जितेका छन । त्यस्तै सान्त्वना स्थान प्राप्त गर्ने तीन जनालाई एक हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न आयोजना गरिएको सराङ्गकोट पर्यटन महत्सवको प्रचारप्रसारका लागि महोत्सवको पूर्वसन्ध्यामा मिनी म्याराथुन आयोजना गरिएको हो । पर्यटन दौडमा ७८ जना स्वेदेशी तथा पाँच जना विदेशीले सहभागिता जनाएका थिए ।

मिनी म्याराथुन पोखरा बागलुङ्ग बसपार्कदेखि सराङ्गकोट टपमा पुगेर सम्पन्न भएको थियो ।

प्रतिक्रिया