पृथ्वीचोकस्थित नेपाल बैंक शाखामा आगलागी

पृथ्वीचोकस्थित नेपाल बैंक शाखामा आगलागी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ भाद्र २०७४
  • 7.2K
    Shares

कास्की । पोखराको पृथ्वी चोकस्थित नेपाल बैंक लिमिटेडको शाखामा बिहीबार राति आगलागी भएको छ । राति करिब १० बजे आगलागी भएको हो ।

विद्युत सट भएर काउन्टर रुमबाट आगो लागेको कास्की प्रहरीले जनाएको छ । आगलागीबाट सामान्य क्षति भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खड्ग बहादुर खत्रीले जानकारी दिए ।

खत्रीका अनुसार बैंकमा रहेका पैसा भने सुरक्षित छन् ।

बैंकका गार्डले आगो लागेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै पोखरा महानगरपालिकाको दमकलले आगो निभाएकाले ठूलो क्षति हुन नपाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया