लामाचौरमा जारी रेडबुल राष्ट्रिय महिला भलिबलको फाइनलमा डायमण्ड र एपीएफ

लामाचौरमा जारी रेडबुल राष्ट्रिय महिला भलिबलको फाइनलमा डायमण्ड र एपीएफ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ भाद्र २०७४
  • 10K
    Shares

पोखरा, ७ भदौ । शिवम न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरीको एपीएफ क्लब पोखराको लामाचौरमा जारी रेडबुल राष्ट्रिय महिला भलिबल उपाधीका लागि भिड्ने भएको छ। नव आदर्श सामुदायिक विकास समाजद्धारा तीज महोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिताको सेमीफाइनलमा न्यू डायमण्डले पश्चिमाञ्चल भलिबल संघलाई २५–१६, २५–१९ र २५–१३ को सोझो सेट जित्दै फाइनल पुगेको हो ।

अर्को सेमीफाइनलमा विभागीय टोली सशस्त्रको एपीएफले अर्को बिभागीय टोली नेपाल पुलिस क्लबमाथि २५–१०, २५–२१ र २५–२० को जित निकाल्दै फाइनलमा न्यू डायमण्डसंगको भेट पक्का गरेको हो । प्रतियोगिताको बी समूहमा रहेको एपीएफ बिजेता र पश्चिमाञ्चल भलिबल संघ उप विजेता बन्दै सेमीफाइनल खेलेको थियो । एक खेल मात्रै खेलेर समूह ए मा रहेको न्यू डायमण्ड विजेता र नेपाल पुलिस क्लब उपविजेता बन्दै सेमीफाइनल खेलेको थियो ।

नेपाल पुलिस क्लब र पश्चिमाञ्चलको भलिबल तेस्रो स्थानका लागि भिड्नेछ । भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ७५ हजार एकसय एक रुपैयाँ, द्धितिय पुरस्कार ५० हजार, एकसय, एक रुपैयाँ, तृतीय पुरस्कार २० हजार र चौथो पुरस्कार १५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडी, बेस्ट क्वीकर, बेस्ट लिबेरो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेण्डर र बेस्ट कोचका लागि आकर्षक पुरस्कार रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार