हिमाली आवाज साप्ताहिक पत्रिकाका सहसम्पादक तिलकप्रसाद पुन पुर्जालाई पितृशोक

हिमाली आवाज साप्ताहिक पत्रिकाका सहसम्पादक तिलकप्रसाद पुन पुर्जालाई पितृशोक


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ भाद्र २०७४
  • 11.6K
    Shares

पोखरा,०७/   नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा हिमाली आवाज साप्ताहिक पत्रिकाका सहसम्पादक तिलकप्रसाद पुन पुर्जालाई पितृशोक परेको छ ।

पुनका ८५ वर्षिय पिता मानवहादुर पुन पुर्जाको वुधवार मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । स्व.पुन केही वर्षदेखी दम, सुगर तथा उच्च प्रेसरको समस्यावाट पीडित थिए ।

उनका ४ छोरा र २ छोरी छन् । पर्वतको ओखरेनीमा जन्मेका पुन हाल पोखरा,११ फुलवारीमा वस्दै आएका थिए । उनी लामो समय वेलायती सेनामा कार्यरत भएर सेवानिवृत्त भएका थिए । स्व.पुनको विहीवार विहान मणिपाल नजिक तुलसीघाटमा अन्तिम संस्कार गरिने परिवारजनले जानकारी दिएका छन् ।

यसैविच हिमाली आवाज साप्ताहिकले सहसम्पादक पुनका पिताको निधन भएकोमा दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया