सितोरियो कराते संघ कास्कीको आयोजनामा प्रदेश नम्बर ४ स्तरिय नरबहादुर बाानिया स्मृति कराते प्रतियोगिता आजदेखी सुरु हुने भएको छ ।
दुई दिनसम्म संचालन हुने प्रतियोगितामा ११ जिल्लाबाट १ सय १७ खेलाडी सहभागि हुने सितोरियो कराते संघ कास्कीका अध्यक्ष सुरेन्द्रकुमार गुरुङले जानकारी दिए । प्रदेश नम्बर-४ मा रहेको जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेक अन्य जिल्लाबाट खेलाडी सहभागिता रहने अध्यक्ष गुरुङले बताए ।
इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय लामाचौरमा हुने प्रतियोगितामा १३ इभेन्ट रहने अध्यक्ष गुरुङले बताए । राजु र अमर बाानियाका बुवा नरबहादुरको स्मृतिमा कारााते हुन लागेको समेत उनले बताए । प्रतियोगितामा पुरुष तर्फ ३५, ४०, ४५, ५०, ५५, ६० र ६७ तौलको खेल र एकल कााता हुने छ भने महिला तर्फ ३५, ४०, ४५, ५०, ५५ तौलको र एकल कााता हुने उनले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १५ हजार, द्धितीयलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैया पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख रुपैया लाग्ने उनले बताए । खेलाडीको दर्ता शुल्क ३ सय रहेको छ भने प्रतियोगिता अवधि भर खेलाडीहरु र प्रशिक्षकको लागि खाना र बस्नको सुविधा आयोजकलेनै गरेकेा अध्यक्ष गुरुङले बताए । विगत ६ वर्षदेखी लमाचौरमा गर्दै आएको जिल्ला स्तरिय सितोरियो करााते यस पटकबाट प्रदेशस्तरिय बनाइएको हो ।