पोखरा, ४ भदौ। पोखराको लामाचौरमा आइतबारदेखि तीज महोत्सव शुरु भएको छ। नव आदर्श सामुदायिक समाज लामाचौरको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगितासहित स्थानीय ईन्द्रराज्यलक्ष्मी माविको प्राङ्गणमा महोत्सव शुरु भएको हो।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमूख मानबहादुर जिसीले महोत्सवको उद्घाटन गरे। जि.सी.ले समग्र देशको विकास निर्माणसंगै आम पोखरलाई नमूना शहरको रुपमा विकास गर्न हरेक नागरिकको दायित्व रहेको बताए। संगसंगै नव आदर्श सामुदायिक विकास समाजले गरेका हरेक रचनात्मक कृयाकलापले सामाजिक क्षेत्रमा उर्जा मिलेको उल्लेख गरे।
पााच दिनसम्म चल्ने महोत्सवमा रेडबुल राष्ट्रिय महिला भलिबल, अन्तरमावि छात्रा भलिबल प्रतियोगिता, अन्तर विद्यालय जोडी नृत्य एवम् विद्यालय लोकनृत्य प्रतियोगिता, स्व. नरबहादुर बानिया स्मृति प्रदेशस्तरिय सितेरियो करााते प्रतियोगिता हुने प्रचार प्रसार संयोजक गिरधारी शर्माले बताए।
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन न्यू डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाली सेनाको त्रिभूवन आर्मी क्लब, पश्चिमाञ्चल भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरी ६ टिमको सहभागिता रहनेछ। राष्ट्रिय राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ।
संयोजक शर्माका अनुसार भदौ सात गते ँए मेरो हजुर-२’ नेपाली चलचित्रका युनिट झरना थापा, साम्रागीराज्यलक्ष्मी शाह, सलोन बस्नेत, सलिनमान बानियाा, सुनिल थापा लगायतको महोत्सवमा प्रस्तुती रहनेछ। करिव एक लाख दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकको दावी छ। महोत्सवले सांस्कृतिक र आन्तरिक तथा वाहृय पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको छ।