विधालय हिडेकी कक्षा ९ मा पढ्ने छात्राले सुसाईड नोट लेख्दै सेतीमा हाम फालीन,खोजी कार्य जारी

विधालय हिडेकी कक्षा ९ मा पढ्ने छात्राले सुसाईड नोट लेख्दै सेतीमा हाम फालीन,खोजी कार्य जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ भाद्र २०७४
  • 13.3K
    Shares

विधालय हिडेकी कक्षा ९ मा पढ्ने छात्राले सुसाईड नोट लेख्दै सेतीमा हाम फाली,खोजी कार्य जारी

आश तमु ,भाद्र ४/ पोखराको सेती नदीमा हाम फालेर आज एक बालिका वेप्पता भएको छ।

पोखरा १० रामबजार शिव चोक बस्दै आएका १४ बर्षकी अग्नि गुरुङ नाम गरेकी बालिका सेती नदीमा हाम फाली वेपत्ता भएको वडा प्रहरी कार्यालय वैदामका प्रहरी निरीक्षक बसन्त शर्माले बताए। वेपत्ता छात्रा रामबजार स्थित कालिका माबिमा कक्षा ०९ मा अध्ययनरत थिईन।

श्री कालिका माबि रामबजार

प्राप्त जानकारी अनुसार बिहान घरवाट स्कुल जान भनेर निस्केकी गुरुङ शान्ति बन बाटिका स्थित सेती नदीमा हाम फालेकि थिईन। प्रहरीका अनुसार ति वालिकाले आफ्नो झोलामा डन्ट टच माई बडी लेखेको सुसाईट नोट लेखिएको कागज घटना स्थलमा फेला पारिएको र बिधालय प्र अलाई बालिका विधालय आएको छ कि छैन भनी बुज्दा बालिका विधालय नपुगेको पुष्टी भई खोजी कार्य जारी रहेको निरीक्षक शर्माले बताए।

बालिकाको स्थिति बारे बिधालयका प्र अ बल राम गिरी सङ्ग सम्पर्क गर्दा प्रहरीले खबर गर्न साथ बुज्दा छात्रा बिधालय नआईपुगेको र घर बुज्दा बिहानै घरवाट  विधालय जान्छु भनी निस्केको बताए।

प्रतिक्रिया