नेपाल बैंक धरान शाखाका म्यानेजरसहित ११ जनालाई पक्राउ परेका छन् । कमसल धितोमा बढी रकम निकासा गरेको अभियोगमा छानबिनका लागि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। गिरफ्तार भएका व्यक्तिहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार दिउँसो धरान पुगेर म्यानेजरसहित ११ कर्मचारीलाई पक्राउ गरेको जानकारी ब्यूरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेरबहादुर बस्नेतले दिए।
पित्तल राखेर सुन भन्दै कमसल धितोमा धेरै रकम निकासा भएको आरोप पक्राउ परेका कर्मचारीमाथि लगाइएको छ। कमसल सुन धरौटीमा राखेर लोन दिएको सूचना प्राप्त भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरोको टोलीले बैंक डुबाउने गरि अनियमिता गरेकाहरुबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।