आश तमु ०२ भदौ/ पोखरा लेखनाथ महानगरपालिकाका मेयर ज्यूलाई मेरो हार्दिक नमस्कार।

सभागृहचोक देखि चिप्लेढुङ्गा सम्मको सडक मर्मत भई रहेको देख्दैछु। सडक मर्मत भएको देख्दा खुशी लागि रहेको छ।
शुरूमा सडकको छेउ पट्टी अलकत्रा गिट्टी पकाएर पीच गरेको देखेको थिए तर हिजोआज त्यसो नगरिकन अर्को प्रविधि अलकत्रा खनाउने र गिट्टी छर्ने अलकत्रामा टांसिने टांसियो नटांसिने गिट्टी कुचो लगाएर उठाउने प्रविधि अपनाउनु भएको रहेछ।
त्यसो गर्दा अहिले सडकमा धुलो उडने र मानव स्वास्थ्यमा प्रतिकुल असर पारेको छ। सडकको लेबल राम्रो भएको छैन तसर्थ मेयर ज्यू तपाईंको कार्यलय अगाडि नै भई रहेको सडक मर्मत कार्यको अनुगमन तथा गुणस्तर हेरिदिनुस।
हामीले तपाईं माथि अासा र भरोसा गरेका छौ।